कोठामा भेट्न बोलाएर युवतीले गरिन् आफ्नै प्रेमीको लिङ्ग छेदन | Khabarhub Khabarhub

कोठामा भेट्न बोलाएर युवतीले गरिन् आफ्नै प्रेमीको लिङ्ग छेदन


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कपनमा एक युवतीले आफ्ना प्रेमीलाई कोठामा बोलाएर उनको लिङ्ग छेदन गरिदिएकी छन् ।

काठमाडौं महानगरपालिका–६ डेरा गरी बस्ने १९ वर्षीया युवतीले २१ वर्षका आफ्ना प्रेमीलाई कोठामा भेट्न बोलाएर लिङ्ग छेदन गरिदिएकी प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी बृत्त बौद्धले लिङ्ग छेदन गर्ने युवतीलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

प्रहरीसँगको बयानका क्रममा युवतीले प्रेमी युवकले विहेको प्रस्ताव अस्वीकार गर्दा उनको लिङ्ग छेदन गरिदिएको बताएकी छन् ।

फरक धर्मको भएका कारण युवकले घरबाट आफूहरुको विवाहलाई मान्यता नदिने समस्या रहेको भन्दै विवाह गर्न नसकिने जवाफ युवतीलाई दिएका थिए ।

बौद्धमा रहेको ह्यायात होटलमा काम गर्ने दुवै जना करिब एक–डेढ वर्षदेखि प्रेममा रहेका जनाइएको छ ।

पछिल्लो समय युवतीले विवाहका लागि ‘कर’ गर्न थालेपछि युवकले उनीसँग फोन सम्पर्क गर्न समेत छाडेका थिए ।

तर, सोमबार राति प्रेमिकाले अन्तिम पल्ट भएपनि भेट्नका लागि कोठामा आउ न भन्दै बोलाएकी थिइन् ।

कोठामा दुवैजनाबीच त्यस्तो कुनै विवाद भएको नदेखिए पनि युवतीले चक्कुले युवकको लिङ्ग छेदन गरिदिएकी देखिएको प्रहरीले जनाएको छ ।

लिङ्ग छेदन गरिएका युवाको अहिले काठमाडौंको चावहिलस्थित ओम अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

प्रहरीले पक्राउ परेकी युवतीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  १ : ०२ बजे

संसद्को संयुक्त बैठकलाई जेठ १ गते राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते मङ्गलबार सङ्घीय

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौँडा– बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो

दुर्लभ मानिएको लिंगको क्यान्सर विश्वभर बढ्यो, चार हजारको मृत्यु

काठमाडौं – विश्वभर समस्याको रुपमा देखिएको क्यान्सरको असर पुरुषको लिंगमा

कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा

काठमाडौं– ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ

काठमाडौंका यी स्थानमा बत्ती जाने (सूचीसहित)

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आजदेखि विद्युत आपूर्ति