बालुवाटारमा सर्वपक्षीय छलफल सुरु | Khabarhub Khabarhub

बालुवाटारमा सर्वपक्षीय छलफल सुरु


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वपक्षीय छलफल शुरु भएको छ ।

सर्वपक्षीय छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक डाकेपछि सबै दलका नेताहरु बालुवाटार पुगेका छन् ।

भारतले जारी गरेको मुलुकको नयाँ नक्सामा नेपाली भूमि मिचिएका ठाउँबारे छलफल गरी राष्ट्रिय धारणा बनाउन प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत दलहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, सीमाविदहरूलगायतलाई बैठकमा बोलाएका हुन् ।

भारतले जारी गरेको नक्सामा नेपालका भूमी लिपुलेक, कालापानीलगायत समावेश भएपछि चर्को विवाद हुँदै आएको छ।

बैठकमा भाग लिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापालगायत छलफलमा सहभागी छन्।

सरकारले यसअघि नै भारतले जारी गरेको राजनीतिक नक्सा अस्वीकार्य रहेको बताएको छ भने भारतीय पक्षले भने आफूहरूले नेपालको भूमि नक्सामा नपारेको दाबी गरेको छ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ४ : ४२ बजे

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख