सीपीएलमा सन्दीपले १ ओभर बलिङ गरेर ५ रन खर्चिए | Khabarhub Khabarhub

सीपीएलमा सन्दीपले १ ओभर बलिङ गरेर ५ रन खर्चिए


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यारेवियन प्रिमियर लिगको पहिलो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले शानदार सुरुवात गरे ।

सिजनको सिपीएलको पहिलो खेलमा उनी मैदानमा उत्रिए पनि जम्मा एक ओभर मात्र बलिङ गरे । बार्बाडोसको प्लेइङ सेटमा नै परेका सन्दिपले एक ओभरमा ५ रन खर्चिए पनि उनलाई अर्को ओभरको मौका दिइएको थिएन ।

निकै कसिलो बलिङ गरेका उनेल पहिलो र दोस्रो बल डट फालेका थिए भने तेस्रो बलमा चौका दिए । फेरि चौथो बल डट फालेका उनले पाँचौ बलमा एक रन खर्चिए । छैटौं ओभर बलिङ गरेका सन्दीपले तुलनात्मक रुपमा उत्कृष्ट बलिङ गरेका हुन् ।

सन्दीपले कसिलो बलिङ गरे पनि पहिलो खेलमा सन्दीपको टोली र्बाबाडोस ट्रिडेन्सले हार ब्यहोर्‍यो । आज भएको खेलमा र्बाबाडोस गुयना एमेजोनसँग ४७ रनले पराजित भयो ।

टस हारेर ब्याटिङको निम्तो पाएको गुएनाले २० ओभरमा चार विकेट गुमाउदै एक सय ८० रन बनाएको थियो । उसका लागि हेमराजले ६३ रन बनाउदा निकोलस पुरनले ६१ तथा रुथरफोर्डले ३२ रन बनाए ।

१ सय ८१ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको र्बाबाडोस १६ ओभर एक बलमा एक सय ३३ रनमै अलआउट भयो ।
बलिङ पनि पुरै ओभर गर्न नपाएका सन्दिपले ब्याटिङमा दुई बल फेस गर्दा शुन्य रनमा नै आउट भएका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ६ : ०५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम