विप्लव समूहका दुई कार्यकर्ता पक्राउ | Khabarhub Khabarhub

विप्लव समूहका दुई कार्यकर्ता पक्राउ


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङजा– नेकपा नेत्रविक्रम चन्द सूमहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

भिरकोट नगरपालिका–९ घर भई हाल वालिङ नगरपालिका–९ बस्ने ३० वर्षीय मोहन सिञ्जालीलाई बिहीबार वालिङबाट पक्राउ गरिएको र भिरकोट–९ कै ४६ वर्षीय शिव दर्लामीलाई बुधबार राति गल्याङ नगरपालिका–३ गल्याङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजयकुमार सिंहले जानकारी दिए ।

पक्राउ परेकामध्ये दर्लामी जिल्ला कमिटी सदस्य हुन् भने सिञ्जाली साधारण कार्यकर्ता भएको बाताइएको छ । पक्राउ परेका दुवैलाई विस्फोटक पदार्थ एवं राज्यविरुद्धको अपराधअन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ३ : ५० बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको