हवाई र सडक यातायातलाई प्रभावकारी बनाउन सके भारतीय पर्यटक बढ्ने भनाइ | Khabarhub Khabarhub

हवाई र सडक यातायातलाई प्रभावकारी बनाउन सके भारतीय पर्यटक बढ्ने भनाइ


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुवाहाटी (भारत)-  भारतको आसाम राज्यस्थित गुवाहाटीमा आयोजित एक कार्यक्रममा हवाई र सडक सञ्जाल प्रभावकारी बनाउन सुझाव दिइएको छ ।

पोखराको पर्यटन प्रवद्र्धनको उद्देश्यले यही माघ २४ देखि उत्तरपूर्वी भारतका विभिन्न स्थानमा आयोजित कार्यक्रमअन्तर्गत शुक्रबार साँझ गुवाहाटीमा भारतीयले उक्त सुझाव दिँदै यी कुरा प्रभावकारी बनाए आफूहरू पर्यटक पठाउन तयार रहेको बताए ।

टूर अपरेटर एशोसिएसन अफ अछामका सचिव कुलदीप शर्माले सीमा जोडिएको छिमेकी राष्ट्र नेपालको विद्यमान हवाई एवं सडक यातायत सेवा सहज नभएको टिप्पणी गरे।हवाई सेवा र सडक यातायात सेवालाई प्रभावकारी बन्न सके उत्तरपूर्वी भारतका पर्यटकका लागि नेपाल सहज गन्तव्य भएको उनले बताए ।  धर्म संस्कृति एवं भूगोल आदिका कारण स्वभाविक रुपमै नेपाल भारतीय नागरिकको रोजाइमा पर्ने उनको भनाइ छ । गुवाहाटीका पर्यटन व्यवसायी सञ्जीव क्षेत्रीले सीमा नाकास्थित नेपालको चन्द्रगढी विमानस्थलबाट पोखरालाई सिधैँ हवाई सम्पर्क गनुपर्ने बताए ।

सिमानाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल पुग्ने बाटो वर्षात्मा हिलो र हिउँदमा धुलो हुने गरेको बताउँदै उनले सडक तथा हवाई सञ्जालजस्ता आधारभूत कुरालाई तत्काल व्यवस्थित बनाउन सुझाव दिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले नेपाल भारतीय पर्यटकका लागि उपयुक्त गन्तव्य भएको बताए । नेपालको भ्रमण गरिदिन आग्रह गरे ।  नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले भारतीय पर्यटन हवाई मार्गका साथै स्थलमार्ग हुँदै वर्षेनी ठूलो सङ्ख्यामा नेपाल जाने गरेको बताए ।

पर्यटक आगमनका दृष्टिले नेपालका लागि उत्तरपूर्वी भारत महत्वपूर्ण स्थल भएको चर्चा गर्दै उनले पछिल्ला वर्ष यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित आफूहरू आउने गरेको धारणा राखे ।  नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार नेपालमा आउने कूल विदेशी पर्यटकमध्ये सन् २०१८ मा १७.०९ प्रतिशत भारतीय पर्यटक हवाई मार्ग हुँदै आएका छन् ।सन् २०१८ मा भारतबाट दुई लाख ४३८ पर्यटक हवाईमार्गबाट आएका थिए भने झण्डै १० लाख पर्यटक सडकमार्गबाट आएका छन् । कार्यक्रम संयोजक सञ्जयकान्त सिग्देल, पोखरा पर्यटन परिषद्का कोषाध्यक्ष तारानाथ पहारीलगायतले नेपालको पर्यटनका लागि भारत महत्वपूर्ण स्थल भएको चर्चा गर्दै हवाई एवं सडक सञ्जाललाई व्यवस्थित गर्नुपर्नेजस्ता सुझावलाई कार्यान्वयनमा लैजानुपर्ने बताए ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  १२ : ४५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम