को हुन् मिस नेपालको ताज पहिरिने अनुष्का ? | Khabarhub Khabarhub

को हुन् मिस नेपालको ताज पहिरिने अनुष्का ?


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंकी २३ वर्षीया अनुष्का श्रेष्ठ सन २०१९ को मिस नेपालको ताज पहिरिन सफल भएकी छिन् । उनले सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै ताज चुम्न सफल भएकी हुन् ।

निर्णायकले सोधेको ‘हामीले अधिकारभन्दा कर्तव्यमा बढी ध्यान दिएर काम गर्‍यौं भने यो संसार समाज उत्कृष्ट बनाउन सकिन्थ्यो, तपाईंको के राय छ ? भन्ने प्रश्नको जवाफमा उनले कर्तव्य र अधिकार एकै सिक्काका दुई पाटा रहेको कुरा सुन्दै आएको भन्दै उनले सबैले आ–आफ्नो स्तरमा आफ्नो जिम्मेवारी निर्वाह गरेमा संसार स्वतः सुन्दर हुने जवाफ दिएकी थिइन् ।

उनी मिस नेपाल प्रतियोगिताकै लागि केही दिन अघि मात्र अष्ट्रेलियाबाट नेपाल आएकी हुन् । अष्ट्रेलियामा अध्ययन गर्दै आएकी अनुष्का व्यवस्थापन संकायतर्फ स्नातक उत्तीर्ण हुन् । अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी  उनी मिस नेपाल ओसेनिया-२०१८ बन्न सफल भएकी थिइन् । उनी कमन वेल्थ ब्यांक अफ अष्ट्रेलियामा कार्यरत छिन् ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  १० : ४५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम