भूकम्पले भत्किएको प्रहरी कार्यालय बन्यो, साढे तीन करोडमा सुविधासम्पन्न भवन | Khabarhub Khabarhub

भूकम्पले भत्किएको प्रहरी कार्यालय बन्यो, साढे तीन करोडमा सुविधासम्पन्न भवन


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विसं २०७२ को भूकम्पका कारण विस्थापित बनेको महानगरीय प्रहरी प्रभाग साँखुले २३ महीनापछि आफ्नै प्रहरी भवन पाएको छ । भूकम्पले भवनमा क्षति पुर्‍याएपछि भौतिक संरचनाको पुनर्निर्माण गर्दै लैजाने क्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा उक्त भवन निर्माण सम्पन्न भएको हो ।

सोमबार उक्त भवनको उद्घाटन कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले सुरक्षाकर्मी सुरक्षित हुँदा मात्रै जनतालाई सुरक्षा दिन सकिने भएकाले प्रहरीको भवन निर्माण अपरिहार्य रहेको बताए ।

जेभी गोकर्णेश्वर काठमाडौं र महानगरीय प्रहरी परिसर काठमाडौंबीच भवन निर्माण सम्झौता भएको थियो । उक्त प्रहरी भवन निर्माण सम्पन्न गर्न रु तीन करोड ४४ लाख ७४ हजार ३२० लागत लागेको प्रहरी प्रधान कार्यालय आवास तथा भौतिक परियोजना महाशाखाका इञ्जिनीयर प्रहरी नायब उपरीक्षक फणीन्द्र बरालले जानकारी दिए ।

तीन तलाको सुविधायुक्त महिला, पुरुष हिरासत कक्ष, अपराध अनुसन्धान कक्ष, प्रशासन शाखा, प्रहरी प्रमुख कक्ष तथा प्रहरी ब्यारेकलगायत २१ कोठा रहेका छन् ।

करीब २३ महीना स्थानीय क्लबको टहराबाट सुरक्षा प्रदान गर्दै आएको भए पनि अहिले भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न भवन पाउँदा निकै सहयोग मिलेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ११ : २५ बजे

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा