पाँच वर्षमा ‘फास्टट्रयाक’को निर्माण पूरा हुन्छः सेना | Khabarhub Khabarhub

पाँच वर्षमा ‘फास्टट्रयाक’को निर्माण पूरा हुन्छः सेना


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्टट्रयाक)को निर्माण २०८१ को वैशाखमा सकिने जनाएको छ ।

सोमबार सैनिक मुख्यालय जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले वि.सं. २०८१ वैशाखसम्म फास्टट्रयाकको निर्माण सकिने बताए ।

राष्ट्रिय गौरवको आयोजना द्रुतमार्गको जिम्मेवारी पाएको नेपाली सेनाले निर्माणको काम गरिरहेको छ ।

फास्टट्रयाक निर्माणमा ढिला भइरहेको भन्दै आलोचना भएका बेला नेपाली सेनाले अबको करिब साढे ४ वर्षपछि निर्माण सकिने जानकारी दिएको हो ।

काठमाडौं–निजगढ जोड्ने कुल ७२.५ किलोमिटर लामो फास्टट्रयाकमा ५५.५ मिटर सडक, ६.४१ मिटर सुरुङ र १०.५९ किलोमिटर पुल रहनेछ ।

ललितपुरको खोकना प्रवेशविन्दु रहेको फास्टट्रयाक पहाडी क्षेत्रमा २५ मिटर र समथर भू–भागमा २७ मिटर फराकिलो हुने सेनाले जनाएको छ ।

फास्टट्रयाकका तीन ठाउँमा सुरुङमार्ग हुनेछ । महादेवडाँडामा ३.३ किमि, धेद्रेमा १.६ किमि र लैनडाँडामा १.४ किलोमिटर लामो सुरुङ हुनेछ ।

फास्टट्रयामा ८७ ओटा पुल रहनेमा १६ ओटा विशेष प्रकृति र ७१ ओटा अरु पुल रहने जनाइएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  १० : ४४ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक