यी कलाकारले आफ्नी मोडल पत्नीलाई नराम्रोसँग कुटे, फुट्यो कानको जाली | Khabarhub Khabarhub

यी कलाकारले आफ्नी मोडल पत्नीलाई नराम्रोसँग कुटे, फुट्यो कानको जाली


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतको मध्य प्रेदशका एक अभिनेताले आफ्नी मोडल पत्नीलाई कुटपिट गरेका छन् । अभिनेता कर्ण शास्त्रीले मोडल स्वाति मेहरालाई कानको जाली फुट्ने गरी कुटेपछि प्रहरीमा उजुरी परेको छ ।

घटनापछि घरेलु हिंसा भन्दै पीडितले उजुरी दिएकी छिन् । पीडित मोडलले पतिले दाइजोका लागि भन्दै घरेलु हिंसा गरेको बताएकी छिन् । उनले यसअघि पनि बारम्बार दुःख दिएको दाबी गरेकी छिन् ।

भारतीय मिडियाका अनुसार स्वातिले मुम्बईको एक प्रहरी चौकीमा उजुरी दर्ता गरेकी छिन् ।

यता कर्णले भने आफूले स्वातिमाथि हात नउठाएको बताएका छन् । उनले आफूहरु अब साथ रहन नसक्ने अवस्थामा पुगे पनि घरेलु हिंसा नगरेको दाबी गरेका छन् । आफूहरूले दुवै छुट्टिने फैसला आपसी सहमतिमा नै गरेको उनले बताए ।

कर्णले दाबी गर्दै भनेका छन्, ‘हामी सहमतिमा छुट्टिएका हौँ, तर अहिले उनले मेरो करिअर बरबाद गर्न शुरु गरिन्, उनले मेरो मात्र होइन, परिवारको पनि बदनाम गर्न चाहन्छिन् ।’

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  १२ : ४७ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा