ओलम्पिक कमिटीको निर्वाचनका लागि बाटो खुल्यो | Khabarhub Khabarhub

ओलम्पिक कमिटीको निर्वाचनका लागि बाटो खुल्यो


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको नेपाल ओलम्कि कमिटीको अधिवेशन (निर्वाचन)को बाटो खुलेको छ ।

सर्वोच्च अदालतले यसअघि जारी अन्तरिम आदेश निरन्तर नहुने आदेश जारी गरेपछि ओलम्पिक कमिटीको निर्वाचनका लागि बाटो खुलेको हो ।

ओलम्पिक कमिटीका ‘कार्यसमिति सदस्य’ कमल बहादुर चित्रकारले दायर गरेको रिटमाथि सुनुवाई गर्दै भदौ १७ गते सर्वोच्च अदालतले तत्कालका लागि निर्वाचनसँग सम्बन्धित कार्यक्रम नगर्न नगराउन भन्दै अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको इजलाशले उक्त विषयमा थप छलफलका लागि भदौ २२ गते (आइतबार) दुवै पक्षलाई बोलाएको थियो ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र डा मनोजकुमार शर्माको इजलाशमा दुई पक्षबीचको छलफलसँगैको बहसपछि अन्तरिम आदेश जारी नहुने आदेश भएको हो ।

नेपाल ओलम्पिक कमिटीका लागि भदौ २० गते निर्वाचन मिति तोकिएको थियो । तर, सर्वोच्चको अन्तरिम आदेशपछि उक्त मितिमा निर्वाचन हुन सकेन ।

यसअघि जारी अन्तरिम आदेश निरन्तर नहुने सर्वोच्को आदेशसँगै अब निर्वाचनका लागि नयाँ मिति तय गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ५ : ०७ बजे

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा