कूटनीतिक नियोगको पहुँच नै नभएका देशमा पुग्छन् नेपाली | Khabarhub Khabarhub

कूटनीतिक नियोगको पहुँच नै नभएका देशमा पुग्छन् नेपाली


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाली युवा युवाती वैदेशिक रोजगारी र अध्ययनका लागि नयाँ–नयाँ गन्तव्य देश पुग्ने गरेका छन् । पछिल्लो समय विभिन्न माध्यमबाट नेपाली नागरिक रोजगारीको खोजीमा अथवा अध्ययनका लागि नयाँ देश पुग्ने क्रम वार्षिक रुपमा बढिरहेको सरकारी तंथ्याकले देखाएको छ ।

नेपाली विद्यार्थी अध्ययनका लागि ६९ वटा देश जाने गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक शैक्षिक परामर्श शाखाको तंथ्याकमा उल्लेख छ । यसैगरी, वैदेशिक रोजगारीमा सरकारसँग श्रम स्वीकृति लिएर १ सय ७२ देश नेपाली काम गर्ने जाने गरेका छन् । पछिल्लो समय अध्ययन र रोजगारीका लागि प्रायः व्यक्तिगत सम्पर्कमा धेरै विदेसिने गरेको पाइन्छ ।

चालु आर्थिक वर्ष शुरु भएको पहिलो महिनामा व्यक्तिगत श्रम स्वीकृति लिएर वैदशिक रोजगारीमा १५ हजारभन्दा धेरै विदेसिएको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ । जसमा करिब ५ सय जना नयाँ देश जाने गरेको विभागले जनाएको छ । यस्तै, अध्ययनका लागि मासिक ४ हजारभन्दा बढी विदेशका विभिन्न विश्वविद्यालय पुग्ने गरेका छन् । तीमध्ये २ सयभन्दा धेरै नयाँ देश पुग्छन् ।

नेपाल सरकारको कुटनीतिक नियोग अथवा नेपाली राजदूतावास ३० वटा देशमा मात्र रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । दूतावासको काम दुई देशबीचको आपसी सम्बन्ध विस्तार गर्ने, सहयोग आदान–प्रदानका लागि सरकारलाई सुझाव दिने र आफ्ना देशका नागरिकका समस्या समाधान गर्ने र कस्ता समस्या पर्छन भन्ने जानकारी संकलन गर्ने हो ।

नेपालको कन्सुलर सेवा ८२ वटादेशमा रहेको परराष्ट्र मन्त्रालयको तंथ्याकमा छ । सरकारले स्थापना गरेका दूतावास र कन्सुलर सेवा भएका देश बाहेक १ सय ५५ वटाभन्दा धेरै देशमा रोजगारी र अध्यययनका लागि नेपाली नागरिक पुग्ने गरेका छन् । ती देशमा अध्ययन र रोजगारीका लागि पुगेका कामदार दूतावासको पहुँचभन्दा बाहिर छन् । नियोगको पहुँचभन्दा बाहिर रहेका कामदारले दूतावासको सेवा पाँउदैन ।

नेपालमा १ सय ८९ देशबाट रेमिट्यान्स भित्रिरहेको राष्ट्र बैकको तंथ्याकमा उल्लेख छ । बैक तंथ्याकलाई आधार मान्ने हो भने नेपाली १ सय ८९ वटा देशमा रहेको छन् ।

नेपालीबाट रोजगारीको खोजीमा वार्षिक साढे ५ लाख युवा संस्थागत र व्यक्तिगत रुपमा जाने गरेका छन् । अध्ययनका लागि वार्षिक ६० हजार विद्यार्थी विदेशका विभिन्न विश्वविद्यालय पुग्ने गरेका छन् ।

विगत केही वर्षयता अध्ययनका लागि नयाँ–नयाँ देशजाने र उत्तै रोजगारी गरी बस्ने नेपालीको संख्या बढिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नियोगको पहुँच नपुग्ने देशमा पुगेका नेपाली समस्यामा पर्दा सरकारलाई उद्धारका लागि पहल गर्ने महिना दिनसम्म लाग्ने गरेको छ ।

सरकारले वैदेशिक रोजगारी र अध्ययनका लागि नेपाली नागरिक पुगेका देशमा राजदूतावासमार्फत सम्पर्क गर्नेसक्ने अवस्था नभएपनि अन्तर्राष्ट्रियस्तरका संघ सस्थामार्फत उनीहरुका बारेमा जानकारी लिनेगरेको परराष्ट्र मन्त्रालयका सह–सचिव तथा प्रवक्ता भारतराज पौडेल बताँउछन् । नेपाली अध्ययन र रोजगारीका लागि पुगेको सम्बन्धित देशका अध्ययगमन विभागमार्फत परराष्ट्रय मन्त्रालयले जानकारी लिने काम गर्दै आएको उनको भनाइ छ ।

नाम नै नसुनिएका देशमा समेत रोजगारी र अध्ययनका लागि नेपाली जाने गरेको सरकारी तंथ्याकमा उल्लेख रहेको श्रमविज्ञ दिपेन्द्र थापाले बताए। ‘आफना देशका नागरिक कहाँ छन् भने कतिपय विषयमा सरकार नै बेखर छ । जब समस्या बाहिर आँउछ त्यसबेला मात्र आफना नागरिक ती देश पुगेको विषयमा सरकारलाई थाहा हुन्छ’ उनले भने, ‘नयाँ देश रोजगार र अध्ययनको गन्तव्य नेपाली युवाले कसरी पत्ता लगाउने गरेको विषयमा सरकारले हालसम्म अनुसन्धान गरेको पाइँदैन । नयाँ नयाँ देश रोजगारी र अध्ययनमा गइरहेका नेपाली भोलि समस्यामा पर्दा उनीहरुलाई कसरी उद्धार गरी स्वदेश फकाउन भने विषय राज्यले समयमा सोच्नुपर्छ ।’ अध्ययन र रोजगारीका नाममा भइरहेको माइग्रेशन सरकारका लागि चुनौती बनीरहेको उनको भनाइ छ ।

कहाँ कहाँ पुग्छन् नेपाली

धेरै नेपाली नामै नसुनेका मुलुकमा पनि पुग्ने गरेका छन् । अध्ययनकै लागि एन्टिग्यु बारबुडा, केन्या, स्लोभाकिया, कोस्टारिका पुग्ने गरेका छन् । त्यस्तै तान्जानिया, ब्रुनाई, आइसल्यान्डमा अध्ययनका लागि जान पनि नेपाली विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन् ।

त्यस्तै नेपाली विद्यार्थी बहमास, गुयाना, रोमानियमा, सेन्ट लुइसा, बोस्निया हर्जगोभिना, मल्दोभा, मौरिससलगायतका मुलुकमा पढ्नकै लागि जाने गरेका छन् ।

एउटा राजदूतावासले धेरै देशको प्रतिनिधित्व

एउटा नियोगले धेरै देशका लागि काम गदै आएको परराष्ट्र मन्त्रालयले जनाएको छ । युरोपको एउटा दूतावासले धेरै वटा देशको प्रतिनिधिन्व गरिरहेको मन्त्रालयले जानकारी दिएको छ । ती देशमा रहेका सिमित राजदूतावासले नेपाली नागरिकका बारेमा जानकारी र समस्या समाधानका लागि पहल गर्दै आएका छन् ।

कतिपय नेपाली अवैध बाटो भएर विभिन्न देश पुग्छन् । यो विषयमा सरकार नै जानकार हुँदैन् । समस्यामा परेपछि मात्र उनीहरु त्यहाँ पुगेको राज्यलाई थाहा हुन्छ । जसका कारण केही काम गर्ने कठिनाइ भइरहेको छ ।

यस्तै, अफ्रिकी देशमा साउद अफ्रिका र इजिप्टमा नेपाली राजदूतावास छ । त्योभन्दा बाहेकका देशमा नेपाली दूतावास छैन, कन्सुलर सेवा मात्र छ । पछिल्लो समय अध्ययन र रोजगारीको खोजीमा अफ्रिकी देश नेपाली जाने क्रम बढ्दो छ । भारत हुदै धेरै नेपाली युवा रोजगारीका लागि अफ्रिकी देश जान्छन् ।

रोजगारीका लागि मात्र नभइ अध्ययनका लागि पनि नेपाली युवा अफ्रिकी देश जाने गरेको पाइन्छ । इजिप्टमा रहेको राजदूतावासले अफ्रिकी देशहरुसँग नेपाली समस्या पर्दा र अन्य विषयमा सहकार्य गदै आएको मन्त्रालयले जनाएको छ ।

विश्वव्यापीकरणका कारण रोजगारीका अवसरको खोजीमा र अध्ययनका लागि विषेश गरी नेपाली युवा–युवती नयाँ देश जाने क्रम बढिररहेको सह–सचिव पौडेलले बताए । ‘राज्यले अध्ययन र रोजगारीमा जाने युवायुवातीको तंथ्याक राख्नुपर्ने हो । त्यो संकलन गर्ने सकेको छैन । पछिल्लो समय दूतावासमार्फत तंथ्याक र जानकारी लिने काम भइरहेको छ,’ उनले भने, ‘कतिपय नेपाली अवैध बाटो भएर विभिन्न देश पुग्छन् । यो विषयमा सरकार नै जानकार हुँदैन् । समस्यामा परेपछि मात्र उनीहरु त्यहाँ पुगेको राज्यलाई थाहा हुन्छ । जसका कारण केही काम गर्ने कठिनाइ भइरहेको छ ।’ अध्ययन र रोजगारीका लागि गएका नेपाली समस्यामा परे अन्तर्राष्ट्रिय  आप्रवासी संगठन (आइओएम)सँग सहकार्य गरेर उद्धारको काम गर्ने गरेको उनको भनाइ छ ।

सरकारले वैदेशिक रोजगारी नयाँ–नयाँ देश कसरी पुग्छन् भनेर अध्ययन गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले बताए। नेपाली कामदार रोजगारीका लागि पुगेका कतिपय देशमा कुटनीतिक नियोगको पुहँच नभएको सह–सचिव ढुगानाले बताए । उनले भने, ‘रोजगारीका लागि कसरी पुग्छन् नयाँ देश भने विषयमा श्रम मन्त्रालयले विभिन्न माध्यममार्फत खोजी गरिरहेको छ । विगत केही वर्षयता नेपाली नयाँ नयाँ गन्तव्य व्यक्तिगत सम्पर्कमा जाने गरेको पाइन्छ । यो राज्यका लागि पनि चासो विषय बनेको छ ।’

नेपालीबाट रोजगारीको खोजीमा वार्षिक साढे ५ लाख युवा संस्थागत र व्यक्तिगत रुपमा जाने गरेका छन् । भने, अध्ययनका लागि वार्षिक ६० हजार विद्यार्थी विदेशका विभिन्न विश्वविद्यालय पुग्ने गरेको सरकारी तंथ्याकमा छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ९ : ५६ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा