अब १ करोडसम्मका सडक आयोजनामा डोजर चलाउन नपाइने | Khabarhub Khabarhub

अब १ करोडसम्मका सडक आयोजनामा डोजर चलाउन नपाइने


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अब १ करोडसम्म बजेट भएका सडक तथा पूर्वाधार निर्माणका योजनामा मेसिन (डोजर) प्रयोग गर्न नपाइने भएको छ । सरकारले सबै स्थानीय तहलाई परिपत्र गर्दै १ करोड रुपैयाँसम्मका योजनामा डोजरको प्रयोग नगर्न निर्देशन जारी गरेको हो ।

सार्वजनिक क्षेत्रमा रोजगार प्रत्याभूत गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जारी निर्देशिकाअनुसार संघ, प्रदेश र स्थानीय सरकार सबैले १ करोडसम्मका आयोजनामा सम्भव भएसम्म मानवीय जनशक्तिकै प्रयोग गर्नुपर्ने छ ।

कुनै आयोजनामा मानवीय जनशक्तिले मात्रै काम गर्न असम्भव भए तोकिएको प्राविधिक टोलीले सिफारिस गरेपछि मात्रै मेसिनको प्रयोग गर्न पाइने छ ।

१ करोडसम्मका आयोजनामा आवश्यक पर्ने जनशक्ति स्थानीय तहमा हुने स्थानीय रोजगार सेवा केन्द्रबाट परिचालन गर्नुपर्ने पनि सरकारले सबै स्थानीय तहलाई जारी गरेको परिपत्रमा उल्लेख छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र गठन गरिसकेको छ । देशभरका सबै स्थानीय तहमा गठन भएका स्थानीय रोजगार सेवा केन्द्रमा हालसम्म करिब १७ लाख युवाले रोजगारीका लागि आफ्नो नाम दर्ता गराएका छन् ।

अब स्थानीय, प्रदेश तथा संघीय सरकारले सञ्चालन गर्ने १ करोडसम्मका आयोजनामा ठेकेदारले नियुक्त गर्ने कामदारभन्दा स्थानीय रोजगार केन्द्रमा दर्ता भएका कामदारलाई काममा लगाउनुपर्ने छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ३ : ३० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम