भारतसँग कारोबार बन्द गर्ने पाकिस्तानी निर्णयले उसैलाई झट्का, सामानको मूल्य बढ्यो | Khabarhub Khabarhub

भारतसँग कारोबार बन्द गर्ने पाकिस्तानी निर्णयले उसैलाई झट्का, सामानको मूल्य बढ्यो


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जम्मू कश्मीरबाट आर्टिकल ३७० हटाएको विरोधमा पाकिस्तानले भारतसँगको कारबार स्थगित गर्ने फैसला गरेको थियो ।

पाकिस्तानले यो फैसला गर्दै विरोध जनाएको थियो तर यसले भारतलाई भन्दा बढी पाकिस्तानलाईनै घाटा पुगेको छ ।

पाकिस्तानमाथि भारतको निर्भरता निकै कम रहेको छ । तर पाकिस्तानमा भने धेरै वस्तु भारतबाट निर्यात हुने गरेको छ ।

पाकिस्तान प्याज, टमाटर जस्ता खाद्य बस्तुका अलावा केमिकल्समा भारतमाथि निर्भर छ । पाकिस्तानले भारसँगको व्यापार रोक्ने निर्णय गरेसँगै यसमा पनि प्रभाव परेको छ । जसका कारण भारतलाई भन्दा पाकिस्तानलाई यसले असर गरेको छ ।

फेडरेसन अफ इन्डिया एक्सपोर्ट अर्गनाइजेशनका अनुसार कारोबार निलम्बनले भारतको सट्टा पाकिस्तानलाई धेरै प्रभाव पारेको छ किनकी पाकिस्तान भारतमा धेरै मात्रामा निर्भर छ ।

पाकिस्तानले भारतसँगको कारोबार रोकेसँगै पाकिस्तानमा प्याज र टमाटरको मूल्य बढेको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  १ : ०६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम