उदाउँदा शक्ति राष्ट्रबीचको नेपालले दूरदर्शी कुटनीति चलाउन सकेन « Khabarhub
Logo
२९ चैत्र २०७७, आइतबार

उदाउँदा शक्ति राष्ट्रबीचको नेपालले दूरदर्शी कुटनीति चलाउन सकेन



नेपाल र भारत परम्परागत छिमेकी राष्ट्र हुन् । दुई देशका जनताबीचको सम्बन्ध यसको इतिहासभन्दा पनि पुरानो छ । नेपाल र भारत दुई यस्ता दक्षिण एसियाली मित्र राष्ट्र हुन्, जसलाई भूगोल र इतिहास दुवैले एसियाको मानचित्रमा गाँसिदिएको छ । खुल्ला सिमाना, धार्मिक, सांस्कृतिक राजनीतिक र आर्थिक सम्बन्धले हामी बीचको मित्रतालाई अझै बढी प्रगाढ बनाएको छ ।

अर्को शब्दमा भन्नुपर्दा यी दुई देशबीचको भौगोलिका सन्निकटता, आर्थिक अन्तरसम्बन्ध र सामाजिक सांस्कृतिक आदानप्रदान आदिका कारण यो आपसी सम्बन्ध राज्यस्तरमा मात्रै सीमित नभई जनस्तरमा समेत गहिरो र फराकिलो रहेको छ । यस बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाउन दुवै देशका सरकार, जनता र सामाजिक संघसंस्थाहरु समेतले पनि आ–आफ्नो स्तरबाट हर सम्बन्ध योगदान र सहयोग गर्दै आएका छन् । हालै राजधानी काठमाडौंमा पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा एउटा विचार गोष्ठीको आयोजना गरी दुवै देशको सम्बन्धलाई दुवै देशका जनताको तथा राष्ट्रको हितमा उपयोगी बनाउनु पर्नेमा दुवै देश सहमत देखिए ।

गोष्ठीमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले छिमेकीको चासो बुझेर राष्ट्र हितमा केन्द्रित भई गहन सहकार्यको आवश्यकतामाथि जोड दिंदै घनिष्ठ सम्बन्धमा उतार चढाव आउने भएपनि मित्रता पनि उत्तिकै रहने भएकाले उदाउँदो शक्ति राष्ट्रबाट अधिकतम लाभ लिन सक्नुपर्नेमा जोड दिए । उनले भारतसंगको सदियौँ देखिको निकटताबाट नेपालले अधिकतम फाइदा अझै लिन नसकेकाले यसमा ध्यान दिइनु आवश्यक रहेको सुझाव दिएका छन् ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले देशको समृद्धिका लागि भारतसँग सहकार्यमा जोड दिएर सरकार अघि बढेको बताउँदै दुवै देशको सम्बन्धका राम्रो पक्ष भनेको एकले अर्काको सम्वेदनशिलतालाई बुझ्ने नै रहेको बताएका थिए । दुई देश अन्तरसीमा अपराध र अन्य अवान्छित गतिविधीमा ध्यान दिएर अझै अन्तरक्रियात्मक बनाइएको तथा यस्ता घटना रोक्न दुवै देशबाट भएका प्रयासहरुलाई सराहनीय मानिएको छ ।

मित्र फेर्न अथवा रोज्न सकिन्छ तर छिमेकी रोज्न सकिदैन भन्ने शाश्वत मान्यतालाई बिर्सेर हामीले परराष्ट्र नीतिको संचालन गर्‍यौ । भारत र चीनजस्तो विश्वका उदाउँदा शक्ति राष्ट्रबीच अवस्थित नेपालले दुरदर्शी कुटनीतिको संचालन गर्न सकेन ।

नेपालका लागि भारतीय राजदूत मन्जिब सिंह पुरीले दुई पक्षीय सम्बन्धबारे पावर पोइन्ट प्रस्तुत गर्दै नेपाल–भारत सम्बन्ध सुदृढ र निखारिएको बताए साथै सानातिना विवाद र उतार चढावले हल्लिने सम्बन्ध नभएकाले विकासमा सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनले ९ महिनामा नेपालबाट भारततर्फ करिब ३२ प्रतिशत निर्यात बढेको र अझै बढाउनुपर्ने बताए । नेपालको समृद्धिमा भारत र त्यहाँका व्यापारी जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउँदै उनले व्यापार, पारवहन, लगानी, पर्यटन, संस्कृति, शिक्षा, विकास सहितका क्षेत्रका भारतीय सहकार्य अघि बढेको पनि बताए ।

नेपालको विकासमा भारतले हरसम्भव सहयोग जारी राख्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ््नो पाँच वर्षको पहिलो कार्यकालमा चार पटक नेपालको भ्रमण गर्नुलाई एतिहासिक मान्न्नु पर्दछ । किनभने विगत ७ दशकमा भारत अथवा विश्वका कु्नै पनि प्रधानमन्त्रीले पाँच वर्षको अवधिमा चार पटक नेपालको भ्रमण गरेनन् । मोदीले पशुपति, जनकपुर र मुक्तिनाथ जस्ता धार्मिक स्थलहरुको भ्रमण गरेर भारतीय पर्यटकहरुलाई नेपाल भ्रमणको निम्ति अभिप्रेरित गरेका छन् । यसले नेपाललाई लाभ नै पुर्‍याउने छ ।

दुई देशबीचको सम्बन्धलाई सुमधुर एवं परस्पर हितमा विकसित गर्न जिम्मेवार सम्वेदनशिल एवं गम्भिर भूमिकाको आवश्यकता पर्दछ । मित्रताको मापदण्ड लेनदेन मात्रै हुन सक्दैन । मित्रतामा समानता, प्रेम, सहकार्य, सहयात्रा र सुमधुर सम्बन्ध आवश्यक हुन जान्छ । एक असल मित्र आफ्नो अर्को मित्रको बारेमा कहिल्यै कुभलो चित्ताउने सोच्न सक्दैन । मित्रताको उपरोक्त मापदण्ड एउटा व्यक्तिको हकमा मात्रै होइन अपितु एउटा राष्ट्रको हकमा पनि लागु हुन्छ । प्रायः दुई राष्ट्रबीचको सम्बन्धमा दुवै देशको अर्थिक हित सर्वोपरी हुने गर्दछ तथा सरकार र सरकारबीच नै सम्बन्ध कायम भएको हुन्छ तर नेपाल र भारतबीचको सम्बन्ध विश्वका अन्य देशहरुको जस्तो छैन ।

विश्वका प्रायः सबै जसो देशहरु एक अर्का देशको सरकारसँग सम्बन्ध कायम गरेका हुन्छन् तर नेपाल–भारत सम्बन्ध जनस्तरमा कायम छ । वि.सं. २००७ सालमा नेपालमा प्रजातन्त्रको स्थापनाका लागि भारतले राणा सरकारको विरोधमा आन्दोलनकारी शक्तिहरु तथा राजा त्रिभुवनलाई साथ दिएको थियो फलस्वरुप नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो ।

पंचायतको ३० वर्षमा विश्वका सबै देशहरुले पंचायती व्यवस्थालाई समर्थन गरेको थियो तर भारतले भने नेपालका लोकतन्त्रवादीहरुलाई आफ्नो देशमा राजनीतिक शरण तथा आश्रय दिएको थियो । वि.सं. २०५९ सालको शाही कदम पश्चात पनि नेपालमा लोकतन्त्रवादीहरुलाई भारतलै नै सहयोग गरेको थियो अर्थात भारतले नेपालको बैधानिक सत्तालाई महत्व दिनुका साथै लोकतन्त्रवादीहरुलाई पनि आफ्नो देशमा आश्रय दिनमा कन्चुस्याई गरेन् ।

त्यतिका बावजुद पनि नेपाल–भारत सम्बन्धको अवस्था उत्साहप्रद रहेन । वि.सं. २००७ सालदेखि नै नेपाल–भारत सम्बन्ध विचित्र अवस्थामा छ । दुई देश बीचको सम्बन्धमा नेपालको राष्ट्रवादलाई असङ्गति तथा समस्याको रुपमा प्रस्तुत गर्ने काम भई आएको छ । जबकि यसको कुनै आवश्यकता नै थिएन् ।

भारतसँग रहेको परम्परागत बहुआयामिक सम्बन्धलाई नेपाली जनताको हितमा सदुपयोग गर्न सक्नुपर्दछ ।

नेपालका प्रमुख राजनीतिक दलले सहज अवस्थामा सकभर भारतलाई रिझाउने र सत्ताबाहिर गएपछि भारतलाई खलनायकको रुपमा प्रस्तुत गर्ने कार्य गर्दै आएका छन् । भारतलाई नेपालको भलो चित्ताउने मित्र राष्ट्रको रुपमा मान्नेहरु पनि छन् ।

यस अन्तर विरोधले जनस्तरमा जुन शिक्षा दिएको छ त्यसको परिणाम हो अहिलेको परिस्थिति । भारतका केही लेखक, मिडियाकर्मी तथा केही राजनीतिकर्मी समेतको अनावश्यक वक्तव्य तथा टिप्पणीले नेपाली जनमानसमा भ्रमको अवस्था सृजना गर्ने गर्दछ । समय–समयमा नेपालमा भारत विरोधी जनमत सृजना हुनुको मुख्य कारण एकपक्षिय बुझाई पनि हो । जबकि दुई देशको मामिलामा सरकारको आधिकारिक प्रतिक्रियाको प्रतिक्षा नै नगरिकन जनस्तरबाट उत्तेजक टिप्पणी आउनुले पनि अनावश्यक विवाद सिर्जना गर्ने गर्दछ ।

नेपाल भारतबीच कुटनीतिक सम्बन्ध कायम भएको झण्डै सात दशक बितिसकेको छ । तर यस लामो अवधिलाई हामीले खेर फाल्यौ । यस अवधिमा त संसारका धेरै देश विकसित पनि भइसके । तर हामीले भारतसंगको विश्वासको वातावरण पनि बनाउन सकेनौं । भारतसित नेपालको सम्बन्ध कहिल्यै खराब पनि भएन तर धेरै राम्रो पनि रहेन् ।

मित्र फेर्न अथवा रोज्न सकिन्छ तर छिमेकी रोज्न सकिदैन भन्ने शाश्वत मान्यतालाई बिर्सेर हामीले परराष्ट्र नीतिको संचालन गर्‍यौ । भारत र चीनजस्तो विश्वका उदाउँदा शक्ति राष्ट्रबीच अवस्थित नेपालले दुरदर्शी कुटनीतिको संचालन गर्न सकेन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच वर्ष अघि नेपाल आउँदा भनेका थिए कि हामी नजिक–नजिक त छौँ तर साथ–साथ हुनु पनि आवश्यक छ ।

भूगोलको राम्ररी संचालन गर्न र उपयोग गर्न नजानेका देशहरुले प्रगति गर्न सक्दैनन् । भारतसँग रहेको परम्परागत बहुआयामिक सम्बन्धलाई नेपाली जनताको हितमा सदुपयोग गर्न सक्नुपर्दछ । परस्पर विश्वासमा आधारित सम्बन्धले दुवै देशको भलो गर्नेछ । नेपालको आर्थिक, सामाजिक एवं राजनीतिक विकासमा भारतले गरेको सहयोगलाई बिर्सिदिने समय आएको छैन ।

नेपालका राजनीतिक दलका नेताहरुले अथवा कुनै राजनीतिक दलले उत्तरकोरिया, क्युबा, भेनेजुएला लगायतका देशको पक्षमा विज्ञप्ति जारी गर्नुको अर्थ आफ्नो सरकार र देशलाई अप्ठ्यारोमा पार्नु हो ।

परराष्ट्र मामिलाका संचालनमा अघि बढ्दा देखावटीपन अति उत्साह र अति निराशा जोखिमपूर्ण हुने गर्छ । व्यक्तिगत अथवा पार्टीगत हित एवं प्रतिष्ठानको आधारमा परराष्ट्रनीतिको संचालन हुन सक्दैन । जोशमा तथा भावावेशमा आएर कुनै एउटा मित्र राष्ट्रको पक्षमा उभिने तथा अर्कोको विरोध गर्ने काम हुनुहुदैन । आशंकाको भरमा मित्रराष्ट्रसितको सम्बन्धलाई बिगार्ने काम गर्नु हुँदैन । राष्ट्र वा परराष्ट्र सम्बन्धि नीतिको मुख्य आधार जनता वा राष्ट्र हुनुपर्दछ । राष्ट्रको अर्थतन्त्र हुनुपर्दछ ।

विश्वका सबै देशहरु समान छन् तर कतिपय कारणले केही देशहरु खास अथवा विशेष पनि छन् । जनसंख्या, क्षेत्रफल, अर्थतन्त्र, सैन्य क्षमता, सम्पन्नता एवं समृद्धिको कारणले कतिपय देश विशिष्ट महत्व पनि राख्दछन् । अन्तर्राष्ट्रिय एवं क्षेत्रिय मन्चहरुमा पनि विकसित सम्पन्न देशहरुको भूमिका निर्णायक तथा महत्वपूर्ण हुने गर्दछ । आर्थिक रुपले सम्पन्न देश विस्तार–विस्तारै सबै क्षेत्रमा बलियो सावित भईहाल्छ तर आर्थिक रुपले कमजोर देशको महत्व हुँदैन । वर्तमान विश्व राजनीतिमा बढी लगानी गर्ने तथा बढी रोजगार दिने देशको महत्व बढी हुने गर्दछ । दाता राष्ट्रको महत्व हुने गर्दछ ।

परराष्ट्र नीतिको संचालनमा भूगोलको सही उपयोग गर्न परिणाम सकारात्मक आउन सक्दैन । भारत र चीन हाम्रो छिमेकी राष्ट्र हो । अमेरिका, जापान, बेलायत र युरोपेली संघका राष्ट्रहरुसित पनि नेपालको राम्रो सम्बन्ध रही आएको छ । तथा उपरोक्त राष्ट्रहरुले हाम्रो विकासमा महत्वपूर्ण सहयोगी सावित भएको छ । एउटा राजनीतिक दलको सम्बन्ध विश्वका कुनै पनि देशको राजनीतिक दलसित अथवा समान विचारधारा भएका राजनीतिक दलहरु सित हुनु स्वभाविक हो तर परराष्ट्र सम्बन्धको निर्धारण व्यक्ति अथवा दलको हितलाई ध्यानमा राखेर निर्धारण गरिदैन । त्यहाँ देश र जनताको हित सर्वोपरी हुने गर्दछ ।

हामीले हाम्रो सरकारमाथि पूरा विश्वास राख्नुपर्दछ । एउटा जननिर्वाचित लोकतान्त्रिक सरकारले लिने निर्णय देश र जनताको हितमा नै हुनेछ ।

नेपालका राजनीतिक दलका नेताहरुले अथवा कुनै राजनीतिक दलले उत्तरकोरिया, क्युबा, भेनेजुएला लगायतका देशको पक्षमा विज्ञप्ति जारी गर्नुको अर्थ आफ्नो सरकार र देशलाई अप्ठ्यारोमा पार्नु हो । नेपालका राजनीतिक दलका नेताहरुले आफुलाई देश भित्रकै राजनीतिमा बढी केन्द्रित गर्दा देशको हितमा हुनेछ । परराष्ट्र मामिला हेर्न जिम्मा परराष्ट्र मन्त्रीको हो र सरकारको हो ।

अन्तरराष्ट्रिय सम्बन्धमा नवीन दृष्टिकोण देखापरेका र राष्ट्र–राष्ट्रबीचका सम्बन्धमा पनि आर्थिक कुटनीतिले प्रमुखता पाउन लागेको सन्दर्भमा हामीले पनि सोही अनुसारको नीति बनाउनु आवश्यक छ । राष्ट्रियहित र राष्ट्रिय सुरक्षाका प्रश्न, बाह्य सम्बन्ध सन्चालनका पक्ष, दलिय सोच, मान्यता भन्दामाथि उठेर साझा सोच र मान्यताका साथ अघि बढ्नुपर्दछ । हामीले हाम्रो सरकारमाथि पूरा विश्वास राख्नुपर्दछ«य सुरक्षाका प्रश्न, बाह्य सम्बन्ध सन्चालनका पक्ष, दलिय सोच, मान्यता भन्दामाथि उठेर साझा सोच र मान्यताका साथ अघि बढ्नुपर्दछ ।

हामीले हाम्रो सरकारमाथि पूरा विश्वास राख्नुपर्दछ । एउटा जननिर्वाचित लोकतान्त्रिक सरकारले लिने निर्णय देश र जनताको हितमा नै हुनेछ । छिमेकी राष्ट्रहरुसितको सम्बन्धलाई कहिल्यै पनि सडकमा सदनको राजनीतिक हतियार बन्न दिनु हुँदैन । संकिर्ण राष्ट्रवादले देशको भलो गर्न सक्दैन । नेपाल–भारतबीच परस्पर अन्तरनिर्भरता, विश्वास, पारस्परिक लाभमा आधारित बाहेक सम्बन्धको विकल्प छैन । परस्पर विश्वास सहयोग एवं सदभावमा आधारित यस सम्बन्धमाथि शंका गर्नु ठीक होइन ।


भर्खर

0