एबीसी चाउचाउको गोदाममा आगलागी | Khabarhub Khabarhub

एबीसी चाउचाउको गोदाममा आगलागी


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी चितवनको रत्ननगरमा रहेको चाउचाउ गोदाममा आगलागी भएको छ ।

इलाका प्रहरी कार्यालय रत्ननगरले दिएको जानकारी अनुसार आज बिहान १०: २० बजे रत्ननगर नगरपालिका–१४ मा रहेको एबिसी चाउचाउको गोदाममा आगलागी भएको हो ।

कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार आगो नियन्त्रणमा आइसकेको छ भने क्षतिको विवरण आउन बाँकी रहेको छ । विद्युत् चुहावट हुँदा आगलागी भएको उनले जानकारी दिए ।

स्थानीय, प्रहरी, भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो । आगोका कारण उत्पादित चाउचाउ र बोराको गोदाममा क्षति पुगेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  २ : ३६ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा