५ देश जाने कामदारको भिसा रोक्का, भिजिट भिसामा खाडी र मलेसिया जानेमाथि कडाइ | Khabarhub Khabarhub

५ देश जाने कामदारको भिसा रोक्का, भिजिट भिसामा खाडी र मलेसिया जानेमाथि कडाइ


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले पाँच देश जाने नेपाली कामदारको श्रम स्वीकृति रोक्का गरेको छ । यसैगरी भिजिट भिसामा खाडी राष्ट्र र मलेसिया जाने नेपालीको भिसामा पनि कडाइ गरेको छ । अफगानिस्तान, लिबिया, इराक, केन्या र सिरिया गरी ५ देश जाने नेपालीको श्रम स्वीकृति रोक्का गरेको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय जानकारी दिएको छ । यी देशमा रोजगारी गरी फर्किएका कामदारका लागि पुनः श्रम स्वीकृति जारी गर्न पनि रोक लगाएको मन्त्रालयले जानकारी दिएको हो ।

सरकारले यी देशमा युद्ध जारी रहेको र असुरक्षित भएको भन्दै कामदारका लागि श्रम स्वीकृति हाललाई रोक्का गरेको हो । ती देशका सम्बन्धित निकायसँग कानुनी परामर्श गर्नुपर्ने भएकाले केही समय भिसा स्थगित गरेर अध्ययन गरिरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक दीलिपकुमार चापागाईंले बताए । ‘सरकारले अफगानिस्तान, लिबिया, इराक, कन्या र सिरिया युद्धग्रस्त देश भएका कारण श्रम स्वीकृति केही समयका लागि रोकेको हो,’ उनले भने, ‘असुरक्षित देश भएकाले श्रम स्वीकृति रोकिएको हो ।’

हाल श्रम कार्यालयमा दैनिक १ सयभन्दा बढी सेवाग्राही यी देशका लागि श्रम स्वीकृति लिन पुग्ने गरेका छन् ।

पछिल्लो समय व्यक्तिगत भिसामा अफगानिस्तान, लिबिया, इराक, केन्या र सिरिया जाने कामदारको संख्या बढ्दै गएपछि ती देशसँग छलफल र संवाद गरेर मात्र श्रम स्वीकृति जारी गर्ने पक्षमा मन्त्रालय रहेको समेत उनले बताए ।

उता सरकारले भिजिट भिसामा खाडीका राष्ट्र र मलेसियामा जाने नेपालीलाई समेत कडाइ गर्न थालेको छ । आवश्यक कागजातहरु प्रस्तुत गर्न नसकेको वा भ्रमण शंकास्पद भएका व्यक्तिको भिजिट भिसामा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले रोकिदिने गरेको छ। यसअघि अध्यागमन विभागले भ्रमणमा खाडी र मलेसिया जाने नेपालीले भ्रमण गर्न सक्ने हैसियत भएको प्रमाणित हुने स्थानीय तहको सिफारिस ल्याउनुपर्ने व्यवस्था गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।

अध्यागमनको विभागको प्रस्ताव व्यवहारिक नभएको भन्दै गृहले अस्वीकृत गरेपछि अध्यागमनले आफैंले कडाइ थालेको हो । खाडीका कतार, साउदी, युएई, ओमन, बहराइन, कुवेत, जोर्डनका साथै मलेसिया जाने नेपाली नागरिकमाथि कडाइ गरेको हो ।

ट्राभल एजेन्सी, एयरलाइन्स, टुर अपरेटर तथा म्यानपावर व्यवसायीका प्रतिनिधिका नाममा खाडीका देश र मलेसिया जाने नेपालीको भ्रमण शंकास्पद रहेको भन्दै निगरानी बढाइएको अध्यागमनले जनाएको छ। भ्रमण भिसाका नाममा रोजगारीमा लैजाने गरेको कार्यालयले औंल्याउदै आएको छ ।

गत महिना कार्यालयले सूचना जारी गर्दै भिजिट भिसामा जान लागेका व्यक्तिलाई आवश्यक कागजात नपुगे जतिबेला पनि रोक्न सक्ने विज्ञप्ति जारी गर्दै सूचित गराएको छ । भिजिट भिसामा गएर अलपत्र हुने क्रम बढ्दै गएपछि नियन्त्रण गर्न लागिएको बताइएको छ । यो विषयमा व्यक्ति स्वयं आएर थप बुझ्न सक्ने व्यवस्था मिलाइएको व्यहोरा समेत सूचित गरिएको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ९ : ५९ बजे

अर्थ र उर्जामन्त्रीलाई भेटेर मुख्यमन्त्री कँडेलले राखे कर्णालीका छ बुँदे माग

काठमाडौं‍– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री बर्षामान पुन र

राष्ट्र बैंकले टकमरी गर्‍यो ३१ करोड थान सिक्का, नयाँ नोट नौ करोड थान

काठमाडौं – नेपाल राष्ट्र बैंकले मुद्रा व्यवस्थापन अन्तर्गत ३१ करोड

तरलता सहज भएको छ, आर्थिक गतिविधि बिस्तारै बढ्छ : गभर्नर अधिकारी

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु खाता र

एकीकृत समाजवादीले तल्लो तहको सुझाव दस्तावेजमा समावेश गर्ने

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजलाई साझा

‘खुस्मा’को दोस्रो चरणको छायांकन रुकुमको मैकोटबाट सुरु

काठमाडौं– अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य