भारतीय लिगमा नेपाली खेलाडीको रवाफ– सेथुको जीतमा सावित्रा र अनिताको गोल | Khabarhub Khabarhub

भारतीय लिगमा नेपाली खेलाडीको रवाफ– सेथुको जीतमा सावित्रा र अनिताको गोल


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय महिला टोलका खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतको गोलमा सेथु एफसीले जीत हात पारेको छ ।

भारतीय महिला लिग फुटबलमा सेथु फुटबल क्लबले बेङ्ग्लुरु युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

दोस्रो खेलमा समेत पहिलो रोजाईको खेलाडीको रुपमा मौका पाएकी सावित्राले खेलको ११ औ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् ।

खेलको ४१ औ मिनेटमा सन्ध्याले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेकि थिइन् । दोस्रो हाफमा सावित्राको स्थानमा मैदान छिरेकी अनिताले खेलको ७४ औ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरिन् ।

यसअघि पहिलो मनिपुर पुलिस स्पोट्स क्लबसँगको पहिलो खेलमा सावित्रा वुमन अफ दी म्याच घोषित भएकी थिईन् ।

सेथुले लिगको पहिलो लेगमा मनिपुर स्पोटर््स क्लबलाई ६–४ गोल अन्तरले हराएको थियो । योसँगै सावित्राले लिगमा ५ गोल पुरा गरेकि छन् ।

 

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १ : ३१ बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको