प्रकोपकै रुपमा बढ्यो सवारी दुर्घटना, १० वर्षमा २० हजारको मृत्यु | Khabarhub Khabarhub

प्रकोपकै रुपमा बढ्यो सवारी दुर्घटना, १० वर्षमा २० हजारको मृत्यु



काठमाडौं–प्रत्येक दिन हुने सवारी दुर्घटनाले आम नेपालीलाई पीडा दिएको छ । दुर्घटनाका कारण धेरैले ज्यान गुमाएका छन् भने, कयौं अंगभंग भएर दुखी जीवन विताउनुपर्ने अवस्था छन । हुन पनि दुर्घटनाको तथ्यांक हेर्दा नेपालमा हुने सवारी दुर्घटना ठूलो प्रकोपका रुपमा देखा परेको छ ।

तपाईं पत्याउनु हुन्छ ? १० वर्षे सशस्त्र द्वन्द्वमा भन्दा धेरै १० वर्षको सवारी दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो एक दशकमा मात्रै २० हजार ३ सय ६२ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । जबकी माओवादीले चलाएको १० वर्षे सशस्त्र आन्दोलनका समयमा झण्डै १७ हजार नेपालीले ज्यान गुमाएका थिए । यो अवधिमा ९४ हजार ३ सय २२ वटा सवारी दुर्घटनामा परे । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मात्र पनि २ हजार ५ सय ६४ जनाले ज्यान गुमाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


स्रोतः प्रहरी प्रधान कार्यालय

पूर्व डिआईजी केशव अधिकारी भन्छन् –सवारी दुर्घटना डरलाग्दो रुपमा बढिरहेको छ । प्रत्येक वर्ष दुर्घटनामा परी ज्यान गुमाउनेदेखि अंगभंग हुने सम्मको संख्या पनि बढिरहेको छ । यो नेपालका लागि ठूलो समस्या हो ।

मृत्युको कारण मध्येको एक सवारी दुर्घटना

विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा सवारी दुर्घटना मृत्युको दशौं कारणमा पर्छ । अनि, घाइते एवं बिरामी नवौं कारण्ँमा । तर, नेपाल स्वास्थ्य अनुसन्धान परिषदको तथ्याङ्क अनुसार सवारी दुर्घटना नेपालका लागि भने मृत्युको चौथो कारण हो । नेपालमा सबैभन्दा धेरै झाडापखाला, औलोलगायतका विभिन्न सरुवा रोकका कारण मानिसले ज्यान गुकाउने गरेका छन् । जसमा कुल मृत्युको ४२ प्रतिशत पर्छ । त्यसपछि मुटुसम्बन्धी रोगबाट २५ प्रतिशत र क्यान्सरबाट ११ प्रतिशत मानिसको मृत्यु हुन्छ । चौंथोमा रहेको सवारी दुर्घटनाबाट ७ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन अनुसार अपाङ्गताको तेस्रो ठूलो कारण पनि सवारी दुर्घटना हो । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा.बाबुराम मरासिनी सडक दुर्घटनालाई जनस्वास्थ्यमा आइलागेको ठूलो चुनौती मान्छन् ।

दुर्घटनामा ज्यान गुमाउने नेपाली धेरै

विकसित देशको तुलनामा नेपालमा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या एकदमै धेरै छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार, नेपालमा प्रति १० हजार सवारी साधनबाट बर्सेनी ११ जनाको मृत्यु हुने गरेको छ । तर, विकसित देशहरुमा भने प्रति १० हजारमा १ देखि २ जनाले मात्र ज्यान गुमाउने गरेको पाइएको छ ।

प्रहरीकै तथ्याङ्क हेर्दा सडक दुर्घटनामा नेपालमा हरेक दिन ४ देखि ६ जनाको मृत्यु भइरहेको छ । पूर्व डिआइजी केशव अधिकारी भन्छन्–‘नेपालमा सडक दुर्घटनाबाट भइरहेको मृत्यु अरू देशको तुलनामा अत्यधिक हो ।’ विश्व स्वास्थ्य संगठनका अनुसार प्रति एक लाख नेपालीमा १७ को मृत्युको कारण सडक दुर्घटना हो । यो संख्या विकसित मुलुकहरुमा ३ देखि ७ जना सम्ममात्र हुने गर्दछ ।

दुर्घटनाको कारण के ?

१० वर्षमा भएका सवारी दुर्घटनाको तथ्यांक र कारण हेर्दा सबैभन्दा बढी चालककै लापरबाही देखिएको छ । सवारीको गति, पैदलयात्रु, मापदपदार्थ सेवा, सवारीको कन्डिसन अरु कारण हुन् ।


स्रोतः प्रहरी प्रधान कार्यालय

दुर्घटना घटाउने उपाय फितलो

सडक दुर्घटनाले महामारीकै रुप लिन थालेपछि संयुक्त राष्ट्रसंघले सन् २०११–२०२० का लागि ’विश्व सडक सुरक्षा दशक कार्ययोजना’ लागू गरेको छ । त्यस अनुसार नेपालमा पनि सडक सुरक्षा कार्ययोजना (२०१३–२०२०) लागू भएको छ । यसको लक्ष्य २०२० सम्ममा सडक दुर्घटनालाई हालको भन्दा कम्तिमा ५० प्रतिशतसम्म घटाउनु हो । तर, तथ्याङ्क हेर्ने हो भने यो योजना लागू भएपछि दुर्घटना झन् बढेको छ।

पुर्वडिआइजी केशव अधिकारी भन्छन्-‘दुर्घटना कम गर्न जनचेतना अभिवृद्धि र कानूनको पालना गराउने संयन्त्र चुस्त पार्नु आवश्यक छ ।’ अर्कातिर सडक दुर्घटना न्यूनिकरणका लागि राज्यले योजना बनाउन सक्नु पर्छ । हरेक दुर्घटनाका कारण्ँको खोजि गर्न बिज्ञहरुबाट निष्पक्ष अनुसन्धान हुनुपर्छ र उनिहरुले दिएका सुझावको निर्ममतापुर्वक कार्यान्वयन हुनुपर्छ । नत्र सवारी दुर्घटनाले झन् भयावह अवस्था निम्त्याउने देखिन्छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १० : १५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड