तालिबान समूहको आक्रमणबाट पूर्वी अफगानिस्तानमा १ प्रहरीको मृत्यु | Khabarhub Khabarhub

तालिबान समूहको आक्रमणबाट पूर्वी अफगानिस्तानमा १ प्रहरीको मृत्यु


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलालाबाद– अफगानिस्तानको पूर्वी शहर जलालाबादमा सोमबार भएको एक बम आक्रमणमा परी १ प्रहरीको मृत्यु हुनुका साथै अन्य ७ जना घाइते भएका छन् ।

प्रान्तीय महिला विभाग नजिकै गुडिरहेको एक भ्यान विस्फोटक पदार्थसँग ठोक्किँदा सो घटाना भएको थियो । प्रान्तीय महिला विभाग र आरियाना विश्वविद्यालय नजिकैको स्थानमा पर्ने उक्त इलाकामा भएको यो विस्फोटन स्थानीय समय अनुसार सोमबार बिहान ६ः४६ मा भएको थियो ।

सो घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घाइतेहरुमा ६ जना सर्वसाधारण रहेका र ती सबैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार तालिबान लडाकू समूहले नै यो कार्य गराएको हो । सन् २००१ मा आफूहरु सत्ताबाट बाहिरिएपछि सशस्त्र आतङ्कमा लागेका तालिबान लडाकू समूहले यो कार्य गराएको प्रहरीले दाबी रहेको छ ।

तालिबान आतङ्ककारी समूहले सोही बेलादेखि सरकारी सुरक्षा अधिकारीहरु र सर्वसाधारणलाई आक्रमण गर्दै आएको छ ।

जलालाबाद शहरमा गत हप्ता मात्र भएको शृङ्खलाबद्ध बम आक्रमणमा चार व्यक्तिको मृत्यु भएको थियो । त्यसमा परी एक २२ वर्षीया महिला र दुई ट्राफिक प्रहरी अधिकारी रहेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  १ : १७ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम