‘सी’ डिभिजन लिगः मनोहराद्वारा ओएसीस पराजित | Khabarhub Khabarhub

‘सी’ डिभिजन लिगः मनोहराद्वारा ओएसीस पराजित


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ‘सी’ डिभिजन लिगको आफ्नो पहिलो खेलमा मनोहरा युनाइटेड युथ क्ल्बले सुखद् सुरुआत गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा समूह ए मा रहेको मनोहराले ओएसिस क्लबविरुद्ध ३—२ गोल अन्तरको जीत हात पार्‍यो ।

मनोहराविरुद्ध खेलको ६ मिनेटमा गोल गर्दै ओएसिसले सुरुआती अग्रता लिएको थियो । पहिलो हाफमा १—० गोल अन्तरले पछि परेको मनोहराविरुद्ध ५३ औं मिनेटमा ओएसीसका प्रकाश पुनले गोल गर्दै २—० को फराकिलो अन्तर बनाएको थियो ।

तर, मनोहराका लागि ८२ औं मिनेटमा दिनेश राईले गोल गर्दै टिमलाई लयमा फर्काए । त्यसको ठिक ७ मिनेटपछि ८९ औं मिनेटमा राईले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दै खेल २—२ को बराबरीमा पुर्‍याए ।

२—२ को बराबरी रहेको खेलको अतिरिक्त समयमा मनोहराका खेलाडीलाई ओएसीसका खेलाडीले फाउल गरेपछि मनोहराले पेनाल्टी पाएको थियो ।

उक्त पेनाल्टीलाई सिमोन राईले गोलमा परिणत गर्दै पहिलो खेल बराबरी हुनबाट जोगाए । जीतसँगै मनोहराले ३ अंक जोडेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ३ : ४९ बजे

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार