‘सँगसँगै’ बन्ने, बाँधियो सौगात र सृष्टिको जोडी | Khabarhub Khabarhub

‘सँगसँगै’ बन्ने, बाँधियो सौगात र सृष्टिको जोडी


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘सँगसँगै’ निर्माण हुने भएको छ । राजधानीमा शुक्रवार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको जानकारी दिइयो ।

फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठको शीर्ष भूमिका रहने निर्माण टिमले जनायो । फिल्मको कथा रंगपत्रकार लक्ष्मण सुवेदीले तयार पारेका हुन् ।

मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको ‘सँगसँगै’ को शुक्रबार भद्रकाली मन्दिरमा मुहूर्त गरिएको थियो ।

फिल्ममा साथी–साथीबीचको सम्बन्धलाई देखाइने निर्माण टिमले जानकारी दियो । यस्तै फिल्ममा सौगात र सृष्टिसँगै मुकुन भुसाल, आश्मा गिरी, रश्मी भट्ट, सविता रेग्मी, आलम खान, सूर्य श्रेष्ठ लगायतका कलाकारको समेत अभिनय रहेनछ ।

सुवानी फिल्मसको ब्यानरमा निर्माण हुने फिल्ममा तोरण क्षेत्री, विष्णु लामिछाने, रोशन केसी र विष्णुबहादुर केसीको लगानी रहनेछ ।

माघदेखि छायांकन शुरु हुने फिल्म नेपालसँगै अष्ट्रेलियामा समेत शूटिङ गरिनेछ । पछिल्लो समय सौगात र सृष्टिले एकपछि अर्को गर्दै फिल्ममा सँगसँगै काम गर्ने गरेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ३ : २५ बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार