‘भीआईपी’ बनेर गाउँ पुगेका नेताहरुलाई गाउँलेले डोकोमा पानी बोकाएर उकालो हिँडाए | Khabarhub Khabarhub

‘भीआईपी’ बनेर गाउँ पुगेका नेताहरुलाई गाउँलेले डोकोमा पानी बोकाएर उकालो हिँडाए


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- गाउँमा खानेपानीको समस्या बिकराल रहेको कुरा उक्त गाउँमा यसअघि नपुगेका नेताहरुलाई के थाहा । तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तबमात्र उनीहरुलाई थाहा भयो कि त्यहाँ पानीको साँच्चै समस्या रहेछ भन्ने कुरा ।

गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधिसमेतलाई आफ्ना समस्याबारे व्यबहारिकरुपमा बोध गराउन नयाँ तरिका सुझाएका थिए–पानीले भरिएका गाग्री डोकोमा राखेर बोकाउने र आफूहरुजस्तै हिँडाउने ।

त्यसपछि नेताहरुको चेत खुल्ला कि भन्ने सोचेका थिए गाउँलेले । उक्त समस्या बुझाउन स्थानीयले गोप्यरुपमा उपाय रचेका थिए । त्यो उपाय सफल भयो ।

एउटा कार्यक्रमका लागि मकवानपुरको अतिबिकट राक्सिराङ गाउँपालिकाको वडा नम्बर–८ स्थित महांकाल बस्ती पुगेका विभिन्न दलआवद्ध नेताहरुले त्यहाँका पीडित स्थानीयको आग्रहअनुसार पानीको गाग्री डोकोमा राखेर बोक्नुपर्‍यो, त्यो पनि ठाडो उकालोमा ।

स्थानीयलाई उक्त क्षेत्रमा खानेपानीको समस्याले वर्षौंसम्म डोकोमा गाग्री राखेर पानीको भारी बोक्नु निकै सकसपूर्ण छ । महांकाल बस्तीका २२ घरपरिवार तथा एक विद्यालय खानेपानीको समस्याबाट वर्षौदेखि आक्रान्त छ ।

विशेषतः स्थानीय महिला झिसमिसेमै ठाडो उकालो/ओरालो गर्दै करिब दुई घण्टा हिँडेर खोलामा पुगी डोकोमा गाग्री हालेर पानी घरमा ल्याउने गर्छन् ।

स्थानीय जनज्योति प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गर्न पुगेका प्रदेश सांसद् सन्तबहादुर चेपाङ, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, वडा–८ का अध्यक्ष रामकृष्ण प्रजा, ९ नम्बर वडा अध्यक्ष रामकुमार थिङ, नेपाली कांग्रेस मकवानपुरका पूर्वजिल्ला सभापति रघुरमण न्यौपाने र नेकपा राक्सिराङ अध्यक्ष हस्तबहादुर मुक्तानले पानी भरेर राखिएको गाग्री बोकेका थिए ।

सांसद् र जनप्रतिनिधिलाई गाग्रीमा पानी बोकाउँदा स्थानीय पेट मिचीमिची हाँसेका थिए । नेताहरुले पानी भरिएको गाग्री डोकोमा राखेर विद्यालयसम्म त पुर्‍याए, त्यसपछि उनीहरुको शारीरिक पीडा दयालाग्दो देखिएको नेपाल समाचारपत्रमा खबर छ ।

‘हो हजुरहरु, हामी दिनहुँ यसैगरी डोकोमा पानी बोक्न बाध्य हुन्छौं,’ विद्यालय व्यबस्थापन समिति अध्यक्ष जयबहादुर तितुङले नेतागणलाई भने, ‘यस्तो समस्या तत्काल समाधानका लागि हजुरहरुलाई गाग्रीसहितको डोको बोकाउनुपरेको हो, माफ गर्नुहोला ।’

गाउँपालिकाका अध्यक्ष मल्लले लामो सास फेरेर भने–’तपाईंहरुले यसरी सिर्जनात्मकढंगले आफ्ना आवश्यकता माग गर्नुभएको छ । चालु आर्थिक वर्षमै खानेपानी समस्या समाधान गर्नेछौं । यो हाम्रो प्रतिवद्धता भयो ।’

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  १२ : ०७ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि उत्साहित छौं : रोहित पौडेल

काठमाडौं – नेपाल आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला