किन दुख्छ छाती ? यी रोग हुन सक्छन् | Khabarhub Khabarhub

किन दुख्छ छाती ? यी रोग हुन सक्छन्


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

छाती दुख्नुको अर्थ मुटुकै कारण हो भन्न मिल्दैन, हामी भ्रममा परेर छाती दुख्नुको कारण मुटुमै समस्या भएको ठान्छौ तर त्यो सोचाइ गलत हो ।

लगभग ९० प्रतिशत भन्दा बढी मानिसमा छाती दुख्ने कारण मुटुसंग सम्बन्धित हुँदैनन् । तर दुखाइको प्रकृति फरक भएकोले यदि तपाइलाइ मुटुको समस्या छ भनि चाडैनै डाक्टरलाइ देखाई हाल्नु पर्छ । र अझ ह्दयाघातको कारणले छाती दुखेको भए , १ मिनेट पनि समय खेर नफाली अस्पताल गैहाल्नु पर्छ ।

छाती दुख्नुको कारणहरु

हाम्रो छातीमा मुटु र फोक्सो दुई प्रमुख अंगहरु हुन्छन् । छाती दुखेमा पहिला यी दुई अंगहरुको कारणले हो वा होइन भनी सोच्नुपर्छ । छातीको बनावटमा हड्डी, मांशपेशी, नशा र छालाको पनि भूमिका भएकाले यी अंगहरुको समस्या भएर पनि छाती दुख्न सक्छ । धेरैजसो अवस्थामा छाती दुख्ने कारण हड्डी र मांसपेशीसँग नै सम्बन्धित हुन्छन् ।

ओ.पि.डीमा छाती दुखेर जँचाउन आउने धेरैजसो बिरामीहरुमा यी कारणहरु नै प्रमुख भएका तथ्य अध्ययन र अनुभवले देखाएको डा ओम मूर्ति अनिल बताउँछन् । तर, पनि आकस्मिक कक्षमा आएका विरामीको पहिला मुटु र फोक्सोको जाँच गर्नु नै उचित हुन्छ । अर्थात इमर्जेन्सीमा छाती दुखेर आउने बिरामीहरुमा ह्दयघातको कारणले छाती दुखेको हो वा होइन भनि निश्चित गर्नुपर्छ ।

छाती दुख्ने कारण कसरी थाहा पाउने ?

फोक्सोको कारणले छाती दुख्दा: लामो श्वास लिँदा वा फेर्दा चस्स छातीको एकातिर(दायाँ/बाँया) करङ्मा दुख्यो भने फोक्साको कारणले दुखेको हुनसक्छ । दुब्लो मानिसमा यो समस्या बढी देखिन्छ । यस्तो बेलामा स्वाँस्वाँ हुने ज्वरो आउने पनि हुन सक्छ । निमोनियाको कारणले पनि यस्तो हुनसक्ने डा अनिलको भनाइ छ ।

माँसपेशी वा हड्डीको कारणले छाती दुख्दा:  छातीको दायाँ भाग, पछाडी वा छेउतिर करङ्गमा दुख्यो भने मांसपेशी वा हड्डीको कारणले हुनसक्छ । यो भागमा दुखेमा मुटुको कारणले हुने संभावना कम हुन्छ । हातले छाम्दा दुख्ने, श्वास फेर्दा दुख्ने, छातीको घुमाइसँगै दुखाईको तिब्रतामा परिवर्तन आउने जस्ता लक्षण भएमा मांसपेशी र हड्डीको कारणले दुखेको हुनसक्छ ।

मुटुको कारणले छाती दुख्दा:  छातीको बिच भाग वा बायाँतिर एकनासले दुख्ने वा दबाब महसुुस गर्ने वा पोल्ने हुन सक्छ । दुखाईको तिब्रता कम वा बढी हुनसक्छ । दुखाई सँगसँगै धेरै पसिना आउने, वान्ता हुन खोज्ने, मुटु ढुकढुक हुने, डर लाग्ने, कमजोरी हुने जस्ता लक्षणहरु भएमा ह्दयघातको संभावना बढी हुन्छ । ह्दयघातबाट छातीको दुखाई देब्रे हात, घाँटी वा पीठ्युमा पनि सर्न सक्छ ।

यी रोग हुन सक्छन्

कुनै मानिसलाई अकस्मात् छाती दुख्यो भने र बीचमा नदुखीकन छेउको भागतिर दुखेको छ भने फोक्सोको दुखाइको सम्भावना बढी हुन्छ, जसको निमोथेराक्स वा हावा भरिनु महत्वपूर्ण कारण हो । हावा भरिदैँ गयो भने फोक्सोको अरु भागलाई थिच्छ र मुटुलाई काम गर्न दिँदैन, जसका कारण मानिसको मुत्युसमेत हुन्छ ।

छातीको दुखाइको अर्को महत्वपूर्ण कारण फोक्सोमा पानी भरिनु पनि हो । पानी भरिएर दुखेको छ भने बिस्तारै दुख्दै जान्छ, लामो समय लाग्न सक्छ ।

त्यसैगरी, छातीको दुखाइ फोक्सोको क्यान्सरको लक्षण पनि हो । यदि फोक्सोको क्यान्सर फैलिएर छातीको भित्तालाई छोएको छ भने पनि छाती दुख्ने गर्छ । क्यान्सरका अरु लक्षण नदेखिन पनि सक्छन् । जस्तो कि, खकारमा रगत आउनु, खाना नरुच्नु, मानिस दुब्लाउँदै जानुलगायत लक्षण देखिएर छाती दुखेर आएको मानिसमा पनि क्यान्सर हुने गरेको पाइएको छ ।

फोक्सोका कारण फोक्सोका संक्रमण, क्यान्सरको लक्षण, छातीमा हावा तथा पानी भरिनुजस्ता कुराहरू छातीको दुखाइका कारण हुन् ।
छातीको भित्तामा समस्या भयो भने पनि दुख्ने गर्छ । धेरै मानिसहरू छाती दुखेर डराएर अस्पताल आउने गर्छन् । तर, खासै केही भएको हुँदैन, मसल पेन भएको हुन्छ ।

फोक्सोको संक्रमण हुनु निमोनियाको कारण हो । निमोनियाको रोकथामका लागि बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने, संक्रमण भएको व्यक्तिभन्दा अलि टाढा बस्ने, आफूलाई संक्रमण छ भने भिडभाडमा नजाने, आराम गर्ने, पौष्टिक खानेकुरा खाने गर्नुपर्छ ।

निमोनियाको संक्रमण सबैजनामा हुँदैन । जसको प्रतिरोधात्मक क्षमता कम हुन्छ, त्यस्ता मानिसलाई निमोनियाले घेरै दुःख दिने गर्छ । प्रतिरोधात्मक क्षमता भनेको अरु कुनै क्रोनिक बिमारी, जस्तै, सुगर, फोक्सो, मिर्गौलालगायतका बिमारी छ भने डाक्टरको सल्लाहअनुसार नियमित रूपमा उपचार गरिराख्नुपर्छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ११ : ०१ बजे

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा