विद्यालय तहबाटै विद्यार्थीलाई राज्यप्रति जिम्मेवार बनाउन सिकाउँ

वीणा झा

बिहिबार, कार्तिक २१, २०७६

Reading Time: 6 minutes

विद्यालय तहबाटै विद्यार्थीलाई राज्यप्रति जिम्मेवार बनाउन सिकाउँ

शिक्षाले व्यक्तिलाई सम्बेदनशिल र जवाफदेही बनाउछ। त्यसैले भनिन्छ नि शिक्षा भनेको व्यक्तिले पाएको कागजको प्रमाणपत्र मात्रै होइन उसको संस्कार र आचरण पनि हो जसको प्रदर्शन आर्जित ज्ञानको भरमा गर्छ।

जब कुरा आउछ औपचारिक शिक्षाको तब सर्बप्रथम विद्यालयको तस्वीर आगाडी आउँछ। व्यक्तिको सामाजिकीकरणमा विद्यालयको वातावरण तथा शैक्षिक कार्यक्रमहरुको अहम भूमिका रहन्छ ।

अनुसन्धानले भन्छ कि एक दिनको भ्रमणले लगभग आठ वटा पुस्तक पढे सरहको ज्ञान दिन्छ। यसले शिक्षामा भ्रमणको महत्व कति छ भनि सहजै अनुमान गर्न सकिन्छ।

त्यसैले पनि प्राय: विद्यालय तथा अभिभावकहरुमा शैक्षिक भ्रमण प्रतिको मोह बढ्दै गएको देखिन्छ।

केहि बर्ष यता यसमा एउटा नराम्रो प्रवृति हावी हुदै गएको पाइन्छ जसलाई समय मै ब्यबस्थापन गर्न सकिएन भने यसले समाजमा नकरात्मक परिणाम ल्याउने निश्चित छ।

पछिल्ला दिनहरुमा विद्यालय तहका विद्यार्थीहरुलाई बैंकक, श्रीलंका, भारत, चीन र अमेरिका जस्ता ठाउँहरुमा लाने प्रवृति बढ्दो छ। यसले एकातिर अभिभावकलाई थप आर्थिक भारमा पार्छ भने अर्को तिर विद्यार्थीहरुलाई नेपाली समाजको संरचना र भौगोलिक विविधता बुझ्नबाट रोक्छ।

विद्यालयहरुले आ-आफ्नै किसिमले ब्याख्या र विश्लेषण गरे पनि सम्बन्धित सबै पक्षले केहि प्रश्नहरु को जवाफ खोज्नु पर्छ। जस्तो कि पहिला अक्षर नचिनी शब्द बनाउन जान्दैनन त्यस्तै शब्द जानेपछि मात्रै तुलनात्मक अध्यन गर्ने क्षमताको विकास हुन्छ त्यसै गरी पहिला आफु जन्मेको हुर्केको समाज नबुझी संसार बुझ्न सकिन्न।

त्यसैले यो जान्न जरुरी छ कि विद्यालय तहका विद्यार्थीहरु आफ्नो समाज बुझ्न पाएका छन कि छैनन ? विश्वका देशहरु संग नेपालको सामाजिक, आर्थिक र संस्कृतिक बिषयहरुमा तुलनात्मक अध्यन र विश्लेषण गर्ने क्षमताको विकास भै सकेको छ ?

यदी होइन भने किन विदेश भ्रमण ? २७ हजारदेखि एक लाखसम्मको थप आर्थिक भार सबै अभिभावकको लागी सहज होला ? जिम्मेबारी बोधले गर्दा आवश्कता पुरा गर्न कतै भ्रस्टाचारले त प्रश्रय पाउदैन ?

जसरी घरको जग हाल्ने बेला कुनै भुल गरियो भने त्यसलाई पछि चाहेर पनि सच्याउन सकिन्न। त्यसै गरी ती बालमस्तिस्कमा समानता, समाजिक न्याय, निष्पक्षता, इमान्दारिता जस्ता जीवनका बहुमुल्य कुराहरु अनुभूति गराउन सकिएन भने कुनै एउटा व्यक्ति मात्रै होइन सिंगो समाज, देश र बिश्व नै यसको शिकार बन्नु पर्ने अवस्था आउछ ।

अनि पैसा जोहो गर्न नसक्ने विद्यार्थी भ्रमणबाट बन्चित गरिँदा तिनको मनोदशा के होला ? परिवार, विद्यालय र राज्य प्रति गर्व गर्दै आत्म-बिश्वासका साथ अगाडी बढ्न सक्ला कि उसमा नकरात्मकता र सबै प्रति घृणा उब्जेला ?

विद्यालय तह भनेको जीवनको जग हाल्ने बेला हो। नैतिकता सिकाउन कुनै नैतिक शिक्षाको किताब चाहिदैन । घर परिवारदेखि विद्यालय सम्म देखेका भोगेका र अनुभूत गरेका परिवेशहरुको अहम भूमिका हुन्छ एउटा विद्यार्थीको मुल्य मान्यता निर्माणको लागी।

यो निकै महत्वपूर्ण उमेर हो सिकाई र सम्बन्धहरुको बुझाईको लागी। त्यसैले यो बिषयमा हरेक पक्षको सम्बेदनशिलता अपरिहार्य छ। कतिपय अभिभावकले आफ्नो आवश्यकता घटाई बल्ल तल्ल विद्यालय शुल्क तिर्दै आएका हुन्छन ताकी तिनका बच्चाले राम्रो शिक्षा पाउन ।

यदी यस्तो बिदेशी भ्रमणहरु विद्यालयले आयोजना गरिरहने हो भने अभिभावकसँग के बिकल्प रहला ? अनि किताबमा समाजिक न्याय, समानता र मौलिक हकको परिभाषा कण्ठ पारेका ती बाल-बालिकाको अनुभूति कस्तो रहला ?

यी सबै कुरा सानो देखिए पनि अति नै सम्बेदनशिल छन । जसरी घरको जग हाल्ने बेला कुनै भुल गरियो भने त्यसलाई पछी चाहेर पनि सच्याउन सकिन्न। त्यसै गरी ती बालमस्तिस्कमा समानता, समाजिक न्याय, निष्पक्षता, इमान्दारिता जस्ता जीवनका बहुमुल्य कुराहरु अनुभूति गराउन सकिएन भने कुनै एउटा व्यक्ति मात्रै होइन सिंगो समाज, देश र बिश्व नै यसको शिकार बन्नु पर्ने अवस्था आउछ ।

हामी सबैले आफ्नो जीवनकालमा महशुस गरेको कुरा विद्यालयका आत्मीय साथीहरुको स्थान जीवन भरी अरु कसैले लिन सकेको हुदैन।

एउटा विशिष्ट किसिमको बिश्वासको बन्धनले बाधिएका हुन्छन ती मित्रता। एक छिन सोचौ त नेपाली समाजको भ्रमणहरुले उसलाई हिमाल, पहाड र मधेसका साथीहरुसँग जोड्न पाए जीवन भरी तिनीहरु एक अर्काका पीडा बुझ्न कति सहज हुन्थ्यो होला।

अनि देशका विकास र समृद्धिका मुद्दाहरु कति सजिलै साझा बन्न सक्थे होला। भोलिको दिनमा नीति निर्माण तथा कार्यान्बयन तहमा बस्ने यिनै हुन्। त्यति बेला यस्ता भ्रमणहरुले दिएको समाजसँगको अपनत्व अनेक रुपले उसलाई उत्प्रेरित र निर्देशित गर्न सक्छ।

आफ्नो कला संस्कृति अनि चाडबाडमा रमाउदै सामाजिकीकरण गरिनुपर्ने ती बाल-बालिका जब ठूला ठूला शहरका ताम झाम देखेर फर्कन्छन तिनमा विकास भनेको ठुला ठुला महल, चौडा सडक र गाडी नै हो भन्ने बुझाई बस्छ।

तराई, पहाड वा हिमाली जिल्लाका आवश्यकता, अवसर र चुनौती सहजै आंकलन गर्न सक्ने क्षमता प्रदान गर्न सक्छ। त्यसैले विद्यालय तहमा गराईने शैक्षिक भ्रमणहरु नेपाल कै बिभिन्न ठाउँहरुमा गराईनु पर्छ।

अनि मात्रै भोलिका ती कर्णधारहरु आफ्नो कला संस्कृति, समाज र देश बुझ्दै त्यस माथि गर्व गर्न सक्छन। परिणाम स्वरूप बिश्वविद्यालय तहका अध्यन विश्वको जुन सुकै मुलुकमा गरे पनि अथवा जुनसुकै कारणले विश्वको जुन सुकै कुनामा पुगे पनि उसको ढुकढुकीमा नेपाल रहन्छ अनि देश बनाउने चाहना मुटु भरी संगालेर राख्छ जसले गर्दा अनुकुलता हुनासाथ नेपाल फर्किन आतुर हुन्छन।

अनि समीर र दुर्गेशहरुको शब्द चयन र प्रस्तुति शैलीका कारण प्रहरीद्वारा सजग गराईनु पर्ने अवस्था आउंदैन। किनकी आफ्नो समाज र संस्कृतिको विशिष्टता उसले राम्रोसँग बुझ्न सकेको हुन्छ।

आफ्नो कला संस्कृति अनि चाडबाडमा रमाउदै सामाजिकीकरण गरिनुपर्ने ती बाल-बालिका जब ठूला ठूला शहरका ताम झाम देखेर फर्कन्छन तिनमा विकास भनेको ठुला ठुला महल, चौडा सडक र गाडी नै हो भन्ने बुझाई बस्छ।

साथै हामीसँग केहि छैन अथवा हामी अविकसित छौ भन्ने हिन भावना पनि पलाउन सक्छ किनकी सहि विश्लेषण गर्न सक्ने अवस्थामा पुगी सकेका हुदैनन्। अनि SEE र +२ सकिना साथ बिदेशिन लालायित हुन पुग्छन। त्यसपछी देश फर्क अभियानहरु चलाएर केहि हुन्न।

विद्यालय तहमा बिश्व भ्रमण होइन देश डुलाउनु पर्छ ताकी पछिसम्म ती ठाउँ अनि समाजसँगको अपनत्व महसुस भै राखोस। साथै नेपालको बिबिधता युक्त भौगोलिक र सामाजिक संरचना भित्रको सुन्दरता बुझ्न सकोस।

विद्यालय तहका शिक्षाको मूल उद्देश्य आफ्नो देशको मौलिकता, श्रोत–साधन र समाजसंगको अपनत्व बुझाउँदै एक जिम्मेवार देशप्रेमी नागरिकको निर्माण गर्ने हो ।

त्यसैले यो विषयमा अभिभावक, विद्यालय र सरकार सबै पक्ष संवेदनशील हुन आवश्यक छ। मानविय सम्बन्धहरुको अनुभूति नगराई त्यसको महत्व बुझाउन सकिन्न।

हामीले देखेकै हुन्छौ जुन बच्चा सानै बेला बिभिन्न कारणले आफुलाई जन्म दिने आमासँग बस्न पाएका हुँदैन पछीसँगै बसे पनि सम्बन्धमा त्यो आत्मियता भेटिन्न । तर बाल्यकाल आमासँगै बिताएकाहरु जीवनका आवश्यकताहरु पुरा गर्ने क्रममा जहाँ पुगे पनि मुटु भित्र अपनत्वको ढुकढुकी महशुस गरी रहन्छन।

त्यसैले विद्यालय तहमा बिश्व भ्रमण होइन देश डुलाउनु पर्छ ताकी पछिसम्म ती ठाउँ अनि समाजसँगको अपनत्व महसुस भै राखोस। साथै नेपालको बिबिधता युक्त भौगोलिक र सामाजिक संरचना भित्रको सुन्दरता बुझ्न सकोस।

पहाडमा जन्मेका विद्यार्थी मधेस र हिमालका विद्यालय र शैक्षिक पूर्वाधारहरु देख्न बुझ्न पाउन अनि मधेस र हिमालमा जन्मेकाले पहाडका। त्यसपछि मात्रै एक अर्काको सहजता र कठिनाई बुझ्न सक्छन अनि भविष्यमा कुनै पनि प्रभावमा नपरी आफ्नो देश आफै बनाउन जवाफदेहिताका साथ सँगसँगै जुट्न सक्छन।

त्यसैलै हामीले विद्यालय तहबाटै विद्यार्थीलाई राज्यप्रति जिम्मेवार बनाउन सिकाउँ । अनिमात्र हामीले चाहेको शैक्षिक जनशक्ति तयार हुन्छ ।  हामी सबैले चाहेको शिक्षा यही नै होइन त ?

भर्खर

0