सावधान ! महिलालाई यी पाँच क्यान्सरको खतरा उच्च | Khabarhub Khabarhub

सावधान ! महिलालाई यी पाँच क्यान्सरको खतरा उच्च


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

क्यान्सरलाई घातक तथा खतरनाक रोग मानिन्छ । क्यान्सरको नाम मात्र सुन्दा धेरै मानिस तर्सने गर्दछन् ।

अहिले विश्वका धेरै देशमा क्यान्सरका रोगीहरु बढीरहेका छन् । क्यान्सर लाग्दा यसको उपचारको सम्भावना न्युन रहेकाले यसलाई खतरनाक रोग मानिन्छ ।

आज हामी पाँच क्यान्सरको चर्चा गर्दैछौँ । जो महिलाहरूमा बढी मात्रामा जोखिम हुने गर्दछ ।

१. स्तन क्यान्सर

महिलाहरूमा सबैभन्दा धेरै स्तन क्यान्सरको खतरा बढी हुन्छ । यो क्यान्सर स्तनका कोशिकाहरूमा हुने गर्दछ ।

स्तनमा गाँठो हुनु स्तन क्यान्सरको लक्षण हुनसक्छ । यदि यस्तो भएमा तुरुन्तै चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ ।

२. सर्वाइकल क्यान्सर

महिलाको गर्भाशायमा कोशिकाको अनियमित वृद्धि हुनुलाई सर्वाइकल क्यान्सर भनिन्छ । यस्तोमा गर्भासयको ग्रीवामा संक्रमण हुने गर्दछ । सर्वाइकल क्यान्सर शारीरिक सम्बन्ध बनाउदा एक ब्यक्तिबाट अर्कोमा सर्न सक्छ ।

३. फोक्सोको क्यान्सर

फोक्सोको क्यान्सरले धेरै महिलाहरु मृत्युको मुख पुग्ने गरेका छन् । खोकी लाग्नु, टाउको दुख्नु, साँस फेर्न ग्राहो हुनु, खोक्दा रगत आउनु र हनहन्ती ज्वरो आउनु फोक्सोको क्यान्सरको प्रारम्भिक लक्षण हो । फोक्सोको समस्यामा तुरुन्तै चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ ।

४. ग्याष्ट्रिक क्यान्सर

ग्याष्ट्रिक क्यान्सर हुदाँ पेटको पत्रमा ट्युमर बन्ने गर्दछ । पेट दुख्नु, खाना अपच हुनु, अचानक शरीरको बजनमा कमी आउनु, भोक नजाग्नु ग्यास्ट्रिक क्यान्सरका लक्षण हुन् । यस्तो लक्षण देखा परे ग्याष्ट्रिक क्यान्सर भएको हुनसक्ने भएकाले तुरुन्तै चिकित्सकको परामर्श लिनु पर्छ ।

५. मुखको क्यान्सर

मुख वा गलाको टिस्युमा हुने क्यान्सरलाई मुखको क्यान्सर भनिन्छ । मुखको क्यान्सरमा ओठ, जिब्रो, च्यापु समेत पर्ने गर्दछन् । यो क्यान्सर सूर्ती, चुरोट तथा रक्सीको सेवनले हुने गर्दछ । मुखबाट रगत आउनु, दाँत हल्लिनु, मुख दुख्नु, राता फोका देखिनु मुख क्यान्सरको लक्षण हो ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ९ : १३ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित