घरेलु तथा साना उद्योग कार्यालय स्थापना | Khabarhub Khabarhub

घरेलु तथा साना उद्योग कार्यालय स्थापना


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेश मातहत रहने गरी जिल्लामा घरेलु तथा साना उद्योग कार्यालय स्थापना भएको छ । कार्यालयको शुक्रबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उद्घाटन गरे ।

सो अवसरमा मन्त्री लम्सालले उद्योगको विकासबिना मुलुकको समृद्धि सम्भव नभएको बताए । “उत्पादन वृद्धि र रोजगार सिर्जनाका लागि उद्योगको विकास हुन आवश्यक छ”, उनले भने, “प्रदेश सरकारले पनि उद्योगमा विशेष जोड दिएको छ ।”

उनले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा उद्योग ग्राम स्थापनाका लागि प्रारम्भिक तयारी अघि बढेको उल्लेख गरे । “४० वटा स्थानीय तहले पूर्वसम्भाव्यता अध्ययन गरी मन्त्रालयमा प्रस्ताव पठाइसक्नुभएको छ”, मन्त्री लम्सालले भने ।

स्थानीय उत्पादनको व्यवसायीकरणमा जोड दिँदै उनले साना तथा लघु उद्योगको संरक्षण र क्षमता विकासमा प्रदेश सरकारले सघाउने बताए । सोही अवसरमा उनले केही समयपछि पुरानो वन ऐन बदलिने बताए । “पहिले वन संरक्षणमा हामी बढी केन्द्रित थियौँ, अब बुद्धिमतापूर्ण सदुपयोगको नीति बन्छ ।”

कार्यालय प्रमुख गोमादेवी शर्माले कार्यालयबाट उद्योग दर्ता, नवीकरणलगायतका सेवा प्रदान हुने जानकारी दिए । उद्योगको अनुगमन, नियमनसमेत कार्यालयबाटै हुनेछ । प्रदेशका ११ वटै जिल्लामा कार्यालय स्थापना गरिने मन्त्रालयले जनाएको छ । यसअघि नवलपुर जिल्लामा सो कार्यालय स्थापना भइसकेको छ । मुलुक सङ्घीय संरचनामा गएपछि खारेज भएको तत्कालीन घरेलु तथा साना उद्योग विकास समितिलाई घरेलु तथा साना उद्योग कार्यालयको रुपमा स्थापना गरिएको हो ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ११ : ३० बजे

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल