सडक छेउमा फालिएको झोलामा भेटियो १ लाख नगद र ५ लाखको चेक | Khabarhub Khabarhub

सडक छेउमा फालिएको झोलामा भेटियो १ लाख नगद र ५ लाखको चेक


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– बैतडीको सिगास गाउँपालिकाको सडक छेउमा बेवारिस अवस्थामा फेला परेको झोला भित्र १ लाख रुपैयाँ नगद र ५ लाख ४० हजार रुपैयाँको चेक भेटिएको छ ।

बैतडीको सिगास र सुनर्य गाउँपालिकाको सीमा क्षेत्र पर्ने जयपृथ्वी राजमार्गअन्तर्गतको मुसे–नाचनथलीमा झोला भेटिएको हो ।

बझाङबाट धनगढी जाँदै गरेका बझाङको जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्र खड्काले झोला फेला पारेका हुन् ।

मेयर खड्काका अनुसार सडक किनारमा अलपत्र अवस्थामा भेटिएको झोला खोलेर हेर्दा त्यसमा नगद १ लाख र ५ लाख ४० हजार रुपैयाँ चेक भेटिएको हो । मेयर खड्काले झोलामा एक नागरिकता पनि भेटिएको छ, बझाङको देउलीकोट गाविस–५ ठेगाना उल्लेख भएका बसन्त बोहराको ।

मेयर खड्काले सडकमा भेटिएको झोला धनगढी पुर्‍याएका छन् । उनले पत्रकार सम्मेलन गरी उक्त झोला प्रहरीलाई बुझाउने बताएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १२ : ५२ बजे

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको