राजनीतिले गाँजेर लथालिंग भएको त्रिवि « Khabarhub
Logo
१६ चैत्र २०७६, आईतबार

राजनीतिले गाँजेर लथालिंग भएको त्रिवि



शैक्षिक केन्द्र त्रिभुवन विश्वविद्यालय आधुनिक विश्वविद्यालय बन्न बाँकी छ । किन अझै पनि आधुनिक बनाउन सकिएन भन्ने विषयमा लामै बहस होला । तर पनि विश्वविद्यालय पढ्ने जम्मा विद्यार्थीको ८१ प्रतिशत त्रिभुवन विश्वविद्यालयमा नै अध्ययन गर्ने भएकाले समय अनुसार यसलाई आधुनिक बनाउन आवश्यक छ ।

यो आवश्यकता पूर्तिका लागि गर्नुपर्ने काम धेरै छन् । राजनीति देशमा शासन गर्न चाहिने नीति निर्माण गर्न ठाउँ र काम भएपनि सबै क्षेत्रमा राजनीति हावी भए त्यसको परिणाम सुखद नहुने उदाहरणा त्रिविलाई लिन सकिन्छ । जहाँ राजनीतिले नै गाँचेर त्रिवि लथालिंक र भताभुंगको अवस्थामा पुगेको छ ।

त्रिवि सम्बन्धि आएका समाचार:

विभिन्न राष्ट्रिय सञ्चार माध्यमहरुमा त्रिवि सम्बन्धि आएका निम्नलिखित समाचारहरुले विश्वविद्यालयको गुणात्मक परिवर्तनमा कुन स्तरमा प्रभाव पारेको छ र पार्दैछ यस्को विवेचना गर्ने प्रयास गरीएको छ ।

१. शैक्षिक संस्थानमा कार्यरत शिक्षक/कर्मचारीबाट भएको अनिमियता

क. त्रिवि परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीले ९ अंक प्राप्त लाई अगाडी ५ थपेर ५९ बनाएर पास गराएको (सञ्चार माध्यमले अगाडी ६ थपि ६९ दिएर सबैभन्दा उत्कृष्ट बनाएको आरोप) ले सम्बन्धित कर्मचारी पक्राउ गरी अख्तियार अनुसन्धान आयोगबाट विशेष अदालतमा मुद्दा दायर ।

ख. त्रिविका विज्ञान संस्थानका सहायक डिन घुससहित पक्राउ ।

२. शैक्षिक संस्थानमा कार्यरत शिक्षक तथा कर्मचारीको व्यक्तिगत चरित्र

ग. शिक्षा संकायका सहायक डिन/शिक्षकले महिलामाथि यौन हिंसा गरे बापत पक्राउ ।

३. शैक्षिक संस्थानको स्वतन्त्रतामा प्रश्न

घ. त्रिविमा पार्टीगत भागवन्डा

ङ. त्रिवि सेवा आयोगका अध्यक्ष र सदस्य लगायतलाई १० जनालाई कर्मचारीहरुको लिखित परीक्षामा अनिमियतता गरेको भनि अख्तियार अनुसन्धान आयोगबाट विशेष अदालतमा मुद्धा दायर ।

४. त्रिविको शैक्षिक स्तरमा गुणात्मक ह्रास

च. त्रिविका पदाधिकारीलगायत प्राध्यापक तथा विद्यार्थीहरुबाट वौद्धिक चोरी ।
माथि उल्लेखित समचारहरुसँग सम्बन्धित आरोपहरुप्रति विवेचना गर्नु अगाडी त्रिवि स्थापना सम्बन्धि छोटो चर्चा गर्न आवश्यक पर्दछ ।

त्रिविको स्थापनाको उदेश्य र तथ्याङ्कीय अवस्था

त्रिवि २०१६ साल (सन् १९५९) मा स्थापना भएको यो नेपालमा उच्च शिक्षाको लागि पहिलो राष्ट्रिय शैक्षिक संस्थान हो । त्रिवि स्थापना हुनुका ४ उदेश्यहरु निम्न अनुसार छन् ।

क. नेपालको समग्र विकासको लागि आवश्यक मानव संसाधन तयार गर्न ।
ख. स्तरिय उच्च शिक्षा प्रदान गर्न ।
ग. राष्टिय संस्कृति र परम्पराको संरक्षण र विकास गर्न
घ. कला, विज्ञान, प्रविधि तथा व्यवसायिक क्षेत्रहरुमा व्यापक, अनुभुतिमुलक तथा समयमानै व्यक्तिहरुमा ज्ञानको निर्माण र अनुसन्धान गराउनु ।

माथि उल्लेखित उदेश्यहरुलाई प्राप्त गर्न हालसम्ममा त्रिविमा ३९ केन्द्रिय विभागहरु, ८ स्नातकोस्तर मात्र संचालित विभागहरु, ६० आंङ्गिक क्याम्यसहरु र चारवटा अनुसन्धान केन्द्रहरु स्थापना भएका छन् । सन् २०१८ सम्ममा त्रिविमा ८,३४० प्राध्यापकहरु र ७,६७४ कर्मचारीहरु कार्यरत छन् । त्यस्तै त्रिविले आफ्नो उदेश्यहरुलाई प्राप्त गर्न १,०८५ प्राईभेट/सामुदायिक क्याम्पस/कलेजहरुमा दुवै पुराना र नयाँ विषयमा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

सन् २०१९ को आर्थिक सर्वेक्षण अनुसार कूल विद्यार्थी संख्याको ८१ प्रतिशत (३९२,०००) त्रिवि अन्तरगत आङ्गिक तथा प्राईभेट/सामुदायिक क्याम्पस/कलेजहरुमा अध्ययन गर्दछन् भने बाँकी १९ प्रतिशत अन्य १० विश्वविद्यालय जस्तै पोखरा (२९,०००), पुर्वान्चल (२८,०००), काठमाडौं (१८,०००), सुदुर-पश्चिमान्चल (४,३४५), संस्कृत (३,७६५), मध्य-पश्चिमान्चल (३,२३८), कृषि तथा वन विज्ञान (३,०९१), लुम्विनी वौद्ध (७१४), खुला (४०५), राजश्री (८०) मा अध्ययन गरेको पाईन्छ। यस बाहेक ३ चिकित्सा विज्ञान सम्बन्धि शैक्षिक संस्थाहरु (विपि कोइराला ईष्टिच्युट अफ हेल्थ साइन्सेज्, नेस्नल एक्याडमी अफ मेडिकल साईनसेज् र पाटन एक्याडमी अफ हेल्थ साइन्सेज्) पनि सञ्चालनमा छन् ।

भागवण्डा भन्दापनि विना प्रतिस्प्रधा सबैलाई स्थायी गर्नु त्रिविको प्रागिक स्तरमा गिरावट ल्याउने नीतिगत निर्णय थियो । बहुदल पश्चात संसदीय चुनावबाट बनेका प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाले भागवण्डाको विरोधमा बोलेपछि सम्पूर्ण वाम समर्थित प्राध्यापकहरुले दिएको राजीनामाको कारणले नेपाली कांग्रेस समर्थित प्राध्यापकहरुले त्रिविको सम्पुर्ण निकायमा नेतृत्व लिए र त्रिविमा विस्तारै सत्तापक्षको हालिमुहाली चल्न थाल्यो ।

विवेचना

१ माथि उल्लेखित पहिलो र दोश्रो आरोपहरु व्यक्तिको नैतिकतासँग जोडिएको छ । सहायक डिन वा विश्वविद्यालय शिक्षकको लागि आवश्यक योग्यताको आधार पुरा गरेर नियुक्ति हुनुभएका योग्य प्रागिक व्यक्तित्वहरुको नैतिकता माथि प्रश्न उठाउन उनिहरु प्रत्यक्षरुपले संलग्न भएको प्रमाणित भएपछि मात्र नियमानुसार कारबाहीको प्रक्रिया हुनेहुदा सोही अनुसार संलग्न भएकाहरुलाई नेपालको प्रचलित कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडी बढी सकेको छ । भ्रष्टचार र कुनै अनैतिक कार्यमा संलग्न भएको प्रमाणित भएका व्यक्तिलाई सामाजिक अपराधीहरु हुन् जो विश्वविद्यालयको मात्र होईन राष्ट्रकै लागि घातक हुन् । विश्वविद्यालयले को नैतिकवान छ वा छैन भनेर निर्णय दिने संयन्त्र वनेको छैन र अधिकारक्षेत्र भित्र पनि पर्दैन ।

त्यस्तै आर्थिक प्रलोभनमा ९ अंकको अगाडी ५ थपिएको लगभग स्पष्ट भैसकेको छ सरकारले कार्वाही लागि कानुनी प्रक्रिया सुरु गरीसकेको छ । यस्तो कार्यको मुख्य जड पत्ता लगाउन तत्कालिन परीक्षा नियन्त्रक लगायत सम्बन्धित उप-नियन्त्रक र कर्मचारीहरुलाई कानुनी घेरामा राखी छानविन गरीनुपर्दछ जस्ले गर्दा नक्कली परीक्षार्थीलाई पास गराउने गिरोहको पर्दाफास भई भविष्यमा यस्तो कार्यहरु रोक्न सफल हुन सकिन्छ । यसका साथै परीक्षा प्रणालीलाई आधुनिकिकरण गरीनु पर्दछ ।

२. माथि उल्लेखित आरोपहरु मध्ये तेश्रो र चौथोले त्रिविको शैक्षिक अवस्थामा आएको ह्रास प्रति केन्द्रित छ । सर्वप्रथम विश्वविद्यालयको अवधारणा र यससँग सम्बम्धित प्रागिक स्वतन्त्रताको वारेमा सैद्धान्तिक विश्लेषण गरिनेछ ।

विश्वविद्यालयको अवधारणा

विश्वविद्यालयका बारेमा विभिन्न विद्ध्वानहरुबाट फरक फरक मतहरु पाइन्छ । सन् १८५२ कार्डिनल न्यूम्यानद्वार लिखित पुस्तक- The Idea of a University -अनुसार विश्वविद्यालय प्रागिक आश्रम (Academic Cloister) हो जहाँ सबै ज्ञान र विज्ञानको उच्च संरक्षण गरीन्छ, तथ्य र सिद्धान्तको प्रयोग, अनुसन्धान र खोजी तथा प्रयोग र अनुमान गरीन्छ, यसले ज्ञानको क्षेत्र पत्ता लगाउँछ र देख्छ। त्यहाँ कुनै किसिमको अतिक्रमण वा आत्मसमर्पण हुदैन ।

सन् १९३० मा अब्राहम फ्लेक्सनरबाट लिखित पुस्तक- Universities: American English German- अनुसार विश्र्वविद्धालय अनुसन्धान संस्था (Research Organism) हो जहाँ स्पष्ट उद्देश्य भएका परिपक्व विद्वानहरू ज्ञान र विचारहरूको संरक्षण र व्याख्या गर्न, सत्यको खोजी गर्न र आफ्ना चेलाहरूलाई प्रशिक्षण दिन समर्पित हुन्छन् । यस्ता कार्यहरुमा उच्चता र लक्ष्यको निश्चितताका साथै उदेश्य र चाहनाको सँगम हुन्छ ।

सन् २००१ को क्लार्क केरको पुस्तक -The Uses of the University -अनुसार आजको विश्वविद्यालयहरुको आदर्श आंशिक रुपमा न्यूम्यान र फ्लेक्सनरको सोचहरुबाट प्रभावित छ । क्लार्क केरले लेख्नुहुन्छ आधुनिक विश्वविद्यालय न त अक्सफोर्ड हो न यो बर्लिन हो यो विश्वमा नयाँ प्रकारको संस्था हो।

यो वास्तवमै निजी पनि होइन र सार्वजनिक पनि होइन । यो न त सम्पूर्ण संसारको हो न त पूर्ण रूपमा अलग छ । यो अद्वितीय छ। वहाले अगाडी भन्नुभएको छ- विश्वविद्यालय अव कुनै बन्द आश्रम रहेन, तर यो राष्ट्रिय उद्देश्यको प्रमुख औजारको रुपमा समाजमा केन्द्रित छ । यसको काम भनेको नयाँ ज्ञानको निर्माण गर्नु हो जुन आर्थिक र सामाजिक बृद्धिमा सब भन्दा महत्वपूर्ण कारक बनिराखेको छ ।

प्रागिक स्वतन्त्रताको अवधारणा

सन १९८० मा चिलिका जिवशास्त्रीद्धय हम्बर्टो मातुराना र फ्रान्सिस्को भेरेलाले प्रतिपादन गरेको स्वतन्त्रता (autopoietic) धारणा जुनलाई ग्रिकमा auto=self poiein=to produce वा स्वंय पुनः उत्पादन भनिन्छ । उदाहरणको लागि कुनै बोटबिरुवाले आफ्नै कोशिकाको साथ आफ्नै कोषहरूको पुनः उत्पादन गर्दछ। यसलाई आधार वनाएर सन् १९९५ मा निकलास लुहमानले सामाजिक प्रणालिको सिद्धान्त प्रतिपादन गरे ।

त्रिविको हालसम्मको नेतृत्वको समीक्षा गर्दा राजनीतिक प्रणालीबाट अतिनै प्रभावित भएको पाईन्छ । यस्को स्थापना लोकतान्त्रिक सरकारको पालामा भएपनि लगतै राजाको सक्रिय नेतृत्वमा पंचायती व्यवस्थाको उदय भएको र त्रिविको नेतृत्वमा अप्रागिक राजपरिवार सदस्यहरुले गरेको पाईन्छ ।

लुहमानले तर्क गरे कि स्वतन्त्रताको आधारभूत विचार केवल जैविकमा मात्र नभई गैर-जैविक प्रणालीहरूमा पनि लागू हुन्छ । अर्को अर्थमा जैविक प्रणाली जस्तै सामाजिक प्रणालीले पनि आफ्नै तत्वहरुको आधारमा आफ्नो तत्वहरु पुनःउत्पादन गर्दछ । संघसंस्थाहरु जस्तै शैक्षिक संस्थान कति स्वतन्त्र हुनुपर्छ भन्ने वारेमा लेखेका छन् । उनीका अनुसार सामाजिक प्रणालि कि स्वतन्त्र हुन्छन कि हुदैन तर थोरै स्वतन्त्र हुन्छन भन्ने हुदैन ।

लुहमानको स्वतन्त्रताको समाजशास्त्रिय दृष्टिकोण अनुसार समाज, संगठन र अन्तरक्रिया प्रणालिका आधारभूत तत्वहरु हुन् । स्पष्ट भन्नुपर्दा सञ्चारको अवधारणामा सूचना, उच्चारण र विवेकहरुको मेल भएको हुन्छ जुन सञ्चारको परम्परागत सोच भन्दा फरक छ । सवै मानव संस्थाहरु स्वतन्त्रता हुन्छ भन्नेमा धेरै विमतिहरु छन् । विश्वविद्यालयहरु सामाजिक प्रणाली हुन् जुन सञ्चारको प्रक्रियाहरुको माध्यमबाट खुला र स्वतन्त्र हुन्छन् ।

माथि उल्लेखित विश्वविद्यालयको र यस्को प्रागीक स्वतन्त्रताको अवधारणालाई त्रिविको स्थापनाकाल देखि वर्तमान सम्म आईपुग्दा प्राप्त योगदानले कसरी अंगिकार गर्न खोज्दैछ भनि समीक्षा गरिएको छ ।

राजनीतिले गाँजेको त्रिवि

त्रिविको हालसम्मको नेतृत्वको समीक्षा गर्दा राजनीतिक प्रणालीबाट अतिनै प्रभावित भएको पाईन्छ । यस्को स्थापना लोकतान्त्रिक सरकारको पालामा भएपनि लगतै राजाको सक्रिय नेतृत्वमा पंचायती व्यवस्थाको उदय भएको र त्रिविको नेतृत्वमा अप्रागिक राजपरिवार सदस्यहरुले गरेको पाईन्छ । तत्कालिन समयमा आजको जस्तो डिग्री गरेको नेपाली नागरीक प्रशस्त नभएको र कतिपय प्राविधक विषयहरुमा विदेशी खास गरेर भारतबाट ल्याइएको अवस्थामा त्रिवि कार्डिनल न्युम्यानले भनेको प्रागिक आश्रम जस्तै थियो ।

राजनीतिक स्वतन्त्रताको अभावमा प्रतिवन्धित पार्टीहरुले विद्यार्थीहरु मार्फत राजनीति गरेको हुदा त्रिवि हमेसा राजनीति गर्ने स्थलको रुपमा चिनिन थाल्यो । वि.स. २०३२ र वि.स. २०३६ सालको विद्यार्थी आन्दोलनले एक दलिय पंचायति व्यवस्थाको जगलाई हल्याएको इतिहास पढ्न पाइन्छ । साहना प्रधान, अर्जुन नरसिंह केसी लगायत केही प्राध्यापकहरुलाई राजनीतिक आस्थाको आधारमा तत्कालिन सरकारले जागिरबाटनै हटाएको थियो जस्ले तत्कालिन समयमा त्रिविमा प्रागिक स्वतन्त्रता नभएको एक मात्र उदाहरण थियो ।

वि.स. २०४५/४६ सालको जनआन्दोलनमबाट स्थापित अन्तरिम शासनकालमा नेपाल प्राध्यापक संघको केन्द्रीय नेतृत्वलाई अपदस्त गरी त्रिवि विश्वविद्यालय क्याम्पस एकाईको नेतृत्व जस्लाई अध्यक्ष कमलकृष्ण जोशी र सचिव नरहरी आचार्यले गर्नुभएको थियो वहाहरुबाटनै आ-आफ्नो पार्टीको निर्देशनमा त्रिविमा दलिय भागवण्डाको सस्कार भित्राएको पहिलो अध्यास हो । यस समितिको सुझाव अनुसार त्रिविले सम्पूर्ण अस्थायी सहायक प्राध्यापकहरुलाई विना परीक्षा स्वत स्थायी बनाएको इतिहास छ ।

भागवण्डा भन्दापनि विना प्रतिस्प्रधा सबैलाई स्थायी गर्नु त्रिविको प्रागिक स्तरमा गिरावट ल्याउने नितिगत निर्णय थियो । बहुदल पश्चात संसदीय चुनावबाट बनेका प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाले भागवण्डाको विरोधमा बोलेपछि सम्पूर्ण वाम समर्थित प्राध्यापकहरुले दिएको राजीनामाको कारणले नेपाली कांग्रेस समर्थित प्राध्यापकहरुले त्रिविको सम्पुर्ण निकायमा नेतृत्व लिए र त्रिविमा विस्तारै सत्तापक्षको हालिमुहाली चल्न थाल्यो ।

विपक्षीहरुले बहुदलको नाममा नेपाली कांग्रेसले विश्वविद्यालयमा कांग्रेसीकरण गरेको त्रिविकी तत्कालिन उपकुलपति केदारभक्त माथेमा र त्रिवि सेवा आयोगमा नविङ्गजंग शाहको नेतृत्वलाई ८० प्रतिशत कांग्रेस र बाँकी गैर कांग्रेसलाई स्थाई गरेको भन्ने आरोप थियो । यसैका कारणले वाहिरिएका वाम समर्थित प्राध्यापकहरु आफ्नो अस्तित्व बचाउने नाममा विस्तारै क्याम्पसको नेतृत्वमा आउन लालयित भए र कांग्रेसीकरण गरेको आरोपबाट मुक्त हुन केदारभक्त माथेमा पनि यिनिहरुलाई ल्याउन ईच्छुक भएको त्यसवेला भान हुन्थ्यो ।

विश्वविद्यालय पदाधिकारीहरु लगायत विभिन्न पदहरुमा आफ्ना योग्य प्राध्यापकहरु छनौट गर्नु नसक्नु राजनीतिक पार्टीहरुको कमजोरी हो ।

समग्रमा भन्नुपर्दा हालैको त्रिवि सेवा आयोगका अध्यक्ष र सदस्यलाई राजनीतिक पार्टीहरु र त्रिविभित्र गाजिएको कर्मचारीतन्त्रले दवावमा पारेर गलत अभ्यासको परिणामले त्रिवि सेवा आयोगका १० जनाले अख्तियारको मुद्दा खेप्नुपरेको छ । हुनत प्राध्यापकको छनौटमा असफल हुनेहरुको पनि यस्तै आरोप लगाएका छन् । यस्को पनि छानवीन भएमा नक्कली प्रोजेक्ट रिपोर्ट र भारतबाट प्रकाशित हुने नक्कली जर्नलमा अन्तराष्ट्रिय लेख छपाएर आवेदन दिने को पास भए को फेल भए स्पष्ट हुने थियो । त्रिवि भित्र संघ सँगठन खोल्ने, आफुभए प्रागिक नत्र धाधली ठान्ने मानसिकताबाट ग्रसित जमात बढीनै र लुहमानले तर्क गरेको प्रागिक स्वतन्त्रतामा ज्ञानको सिर्जनामा अनुसन्धानबाट कुनै तथ्यको उत्पादन र पुनः उत्पादन गर्न सकिन्छ भन्ने प्रागिक समूह न्युन छ ।

मिलिजुली सरकारमा शैक्षिक क्षेत्रमा खास गरेर विश्वविद्यालयमा पार्टीगत राजनीतिको प्रभाव र नियुक्तिमा शक्तिको आडमा भागवण्डा हुनु तितो सत्य हो । विश्वविद्यालय पदाधिकारीहरु लगायत विभिन्न पदहरुमा आफ्ना योग्य प्राध्यापकहरु छनौट गर्नु नसक्नु राजनीतिक पार्टीहरुको कमजोरी हो । त्रिविको स्थापनाकाल देखि हाल सम्म भएका उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारहरु प्रागिक दृष्टिकोणबाट सक्षम नभएको स्पष्ट छ किनकी अब्राहम फ्लेक्सनर र क्लार्क केरले सोचे जस्तो त्रिविलाई आधुनिक विश्वविद्यालयमा परिवर्तन गर्न यी नेतृत्वहरु पूर्ण असफल भएको प्रमाणित भइसकेको छ ।

त्रिविबाट उत्पादन भएका शिक्षक तथा अन्य जनशक्तिहरुको सवैभन्दा कमजोर पक्ष अनुसन्धान ज्ञानमा ज्यादै कमजोर हुनुहो किनकि त्रिविको हालसम्मको पाठ्यक्रम र संरचनाले यही प्रमाणित गर्दछ । यसको वावजुद पनि त्रिविको संरचना कार्डिनल न्युम्यानले व्याख्या गरेको विश्वविद्यालय प्रागिक आश्रमको अवधारणासँग प्रभावित छ किनकि उहाँले विश्वविद्यालयमा कस्तो शिक्षण र कस्ता विषयहरू अध्यापन गर्न सकिन्छ भनेर स्पष्ट लेख्नुभएको छ ।

• विश्वविद्यालयको निर्धारण धर्म वा सरकारी अधिकारीको अख्तियार बिनानै गर्नु पर्छ ।
• विश्वविद्यालय भित्र शिक्षणको सीमा विश्वव्यापी हुनुपर्छ र कुनै पनि प्रकारको प्रतिबन्ध नलगाई धर्मशास्त्र सहित सबै विषयहरुको उदार ज्ञान प्रवाह गर्नुपर्दछ ।
• व्यक्तिको सिमित र संकुचित ज्ञानले मान्यताहरूको आधारमा मान्यताहरूको अनुसरण गर्न र त्यस्ता मान्यताहरुको सामान्यीकरणहरू गर्न अवरोध खडा गर्छ ।
• विश्वविद्यालय शिक्षाले केवल धार्मिक साहित्यमा मात्र सीमित गर्न सक्दैन।
• विश्वविद्यालय कुनै आश्रम होईन र यसले विद्यार्थीहरूलाई विश्वको मार्गहरू र सिद्धान्तहरूको अधिकतमको बारेमा जानकारी गराई विश्वको लागि तयार गर्दछ ।
• साँचो शिक्षाको लागि विद्यार्थीहरूमा शिक्षकहरूको व्यक्तिगत प्रभावको आवश्यक पर्दछ।

अक्सफोर्ड विश्वविद्यालयका अनुसार अरू कसैको काम वा विचारहरू उनीहरूको सहमति बिना र उनीहरुलाई पूर्ण जानकरी नगराई आफ्नो काममा समावेश गरी आफ्नै रूपमा प्रस्तुत गर्नु साहित्य चोरी हो ।

त्रिविले चारवटा अनुसन्धान केन्द्रहरु जस्तै सेडा, सिनास, रिकाष्ट र सेरिड स्थापना हुनु दुवै अब्राहम फ्लेक्सनर र क्लार्क केरबाट विश्वविद्यालयलाई आधुनिकिकरण गर्दै अनुसन्धान र शिक्षण दुवै सँगै सञ्चालन गर्नसकिन्छ भन्ने दृष्टिकोणबाट प्रभावित भएको तर त्रिविका क्याम्पसहरु र केन्द्रीय विभागहरुसँग अनुसन्धान केन्द्रहरुले संयोजनमा अभावमा सम्पन्न गरेका अध्ययन अनुसन्धानमा विद्यार्थीहरुको संलग्नता नहुनाले त्रिविले शिक्षण र अनुसन्धान सँगै सचालन गर्न नसकेको देखिन्छ किनकी हाल आएर यी अनुसन्धान केन्द्रहरु त्रिविलाई निल्नु न ओकल्नु भएको छ ।

त्रिविको चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग लगायत अन्य प्रविधिक अध्ययन संस्थानहरुबाट उत्पादनहुने जनशक्तिहरु तुलनात्मकरुपमा स्तरियता भएको मानिन्छ । सायद नेपालमा प्राविधिक जनशक्तिको अभावले सिर्जना गरेको कारणले स्तरियता मानिएको हुनसक्छ किनभने शुद्ध प्राविधिक जनशक्ति उत्पादन गर्नु वाहेक यी शैक्षिक संस्थानहरुबाट मानवजातिको हितकोलागि विशेष सफलता प्राप्त भएको देखिने कुनै अनुसन्धान गरेको आजसम्म उदाहरण पाइएको छैन ।

साहित्य चोरीको अवधारणा

साहित्य चोरी ल्याटिन शब्द Plagiarus बाट आएको हो जसको अर्थ अपहरणकर्ता (kidnapper) हो । अक्सफोर्ड विश्वविद्यालयका अनुसार अरू कसैको काम वा विचारहरू उनीहरूको सहमति बिना र उनीहरुलाई पूर्ण जानकरी नगराई आफ्नो काममा समावेश गरी आफ्नै रूपमा प्रस्तुत गर्नु साहित्य चोरी हो । सबै प्रकाशित र अप्रकाशित सामग्री चाहे पांडुलिपिमा, मुद्रित वा इलेक्ट्रोनिक फारममा होस यस परिभाषा अन्तर्गत पर्दछन् । साहित्य चोरी जानीजानी वा लापरवाह वा अन्जानमा हुन सक्छ । परीक्षाको नियम अनुसार जानीबुझि वा लापरवाह साहित्य चोरी एक अनुशासनिक अपराध हो ।

प्रागिक क्षेत्रभित्र साहित्य चोरी नैतिक मापदण्डहरुको एक उदाहरणयोग्य उलंघनको रुपमा व्यापक मानिन्छ । जव शिर्षकसँग सम्बन्धित दोश्रो भाषा लेखन साहित्य प्रयोग गरीयो विसँगतिकोरुपमा साहित्य चोरी पाउन थालियो । साहित्य चोरी दोश्रो भाषा लेखनमा पहिलो भाषाको हुवहु नक्कल गर्नेुका साथै स्रोतको माध्यम पनि लेखनको नियम अनुसार स्पष्ट उल्लेख नगर्ने अभ्यास स्थापित भइसकेको छ ।

शिक्षक तथा विद्यार्थीहरुबाट भईराखेको साहित्य चोरी एक बढ्दो समस्याकोरुपमा आइराखेको छ । सन् २०१० मा जोन वाकरले गरेको अध्ययन अनुसार समग्रमा तिन प्रकारका साहित्य चोरी भएको वताउनु भएको छ ।

१. आफ्नै शैलीमा अर्थको व्याख्या गरेको वहाना गर्नु (Sham Paraphrasing): स्रोतको राम्रोसँग उद्धृत गर्ने तर उद्धरण चिन्हहरू बिना साहित्यलाई आफ्नो भाषामा प्रस्तुत गर्ने ।

२. जस्ताको तस्तै प्रतिलिपि गर्नु (Verbatim): स्रोत उद्धृत नगरी स्रोतबाट सामग्री जस्ताको तस्तै प्रतिलिपि गर्ने ।

३. जानकारी विना पर्याप्त वा पूर्ण रूपमा प्रतिलिपि गर्नु (Purloining): कुनै व्यक्तिको कामको उस्को ज्ञान बिना पर्याप्त वा पूर्ण रूपमा प्रतिलिपि गर्ने ।
नेपालमा साहित्य चोरी सम्बन्धि कुनै अध्ययन भएको छैन तर नेपाली प्राध्यापकहरुबाट अग्रेजीमा तयार पारिएका प्रकाशित पुस्तकहरु तथा अन्य लेख रचनाहरु प्राय वा हुवहु प्रतिलिपी गरीएको पाईएका छन् ।

अंग्रेजीबाट नेपालीमा लेखिएका पाठ्यक्रमहरु लगभग प्रतिलिपि जस्तै छन् । विद्यार्थीहरुले तयार गरेका प्रतिवेदन तथा थेसिसहरु प्रतिलिपिको पनि प्रतिलिपि भएको पाइएको छ । समग्रमा निम्न प्रकारका साहित्य चोरीमा संलग्न भएको अनुमान गर्न सकिन्छ जुन अक्सफोर्ड विश्वविद्यालयले वर्गिकरण गरेको संभावित साहित्य चोरीसँग मिल्दोजुल्दो छ ।

त्रिविको कमजोर पक्षलाई मात्र उछालिरहदा यस विश्वविद्यालयले राष्ट्रलाई दिएको योगदानलाई अवमुल्यन पनि गरिराखेको पाईन्छ र त्रिविमा असक्षम र ठगहरुको जमातमात्र हुन्छन भन्ने गलत सन्देश दिन खोजिएको छ ।

१. सन्दर्भ सामाग्रीहरुको स्पष्ट उल्लेख नगरी शब्द शब्दहरु प्रतिलिपि (verbatim) गर्नु ।
२. स्पष्ट स्रोतको उल्लेख नगरी इण्टरनेटबाट काट्ने (cut) र हुवहु सार्नु (paste) ।
३. स्पष्ट स्रोतको उल्लेख नगरी वास्तविक लेखकको साहित्यलाई आफ्नो शैलीमा (Sham Paraphrasing) प्रस्तुत गर्नु ।
४. संयुक्त कार्यलाई अनधिकृतरुपमा आफ्नो मात्र साहित्य हो जस्तो बनाई अरुको सहयोगलाई श्रेय नदिनु वा समूह कार्य परियोजनाहरूमा स्पष्ट रूपमा नियमहरूको पालना गर्न असफल हुनु ।
५. आफ्नो विषयको मान्यता अनुसार सही रूपमा उद्धृत नगर्नु, जहाँ उद्धृत परिच्छेद आउँदछ फुटनट वा मुललेखमा सन्दर्भ प्रयोग नगर्ने, जुन वास्तवमा प्रयोग भएको छैन त्यस्तो सन्दर्भमा वा संदर्भग्रंथमा समावेश गरीनु ।
६. जसले काम सम्पन्नहुदा सम्म योगदान पुर्‍याउने सबै गुरु वा सुपरवाइजर, साथीहरु, विद्यार्थीहरू, प्रयोगशाला प्राविधिकहरू, सम्पन्न कामको सम्पादक आदीको सहयोगलाई स्पष्टसँग धन्यवादपनि नदिनु ।
७. पेशेवर एजेन्सीहरू वा अन्य व्यक्तिहरुलाई सामाग्री तयार गर्न लगाउनु ।
८. पहिलेनै प्रकाशित भइसकेको पुरा वा आंसिक सामाग्री लाई आफ्नै ठानी पुन नया काममा समावेश गरी स्वंय-साहित्य चोरी (Self-plagiarism) गर्नु ।

माथि उल्लेखित साहित्य चोरी संसारका नाम चलेका विश्वविद्यालयहरुसँग आवद्ध शिक्षक तथा विद्यार्थीहरुबाट गरीएका छन र यसलाई न्युनिकरण गर्न विभिन्न सफ्टवेरहरु बनाएका छन् । नेपालमा साहित्य चोरी हुनुमा अग्रेजी भाषाको ज्ञानको अभाव पनि हो किनभने अनुसन्धानमा धेरै जसो अग्रेजी भाषामा लेखिएको सामाग्रीहरुको अध्ययन गर्नु पर्ने र सारंसमा वा आफ्नो भाषामा लेख्न असमर्थहरुले हुवहु सार्ने अभ्यास बढी नै छ ।

साहित्य चोरीलाई न्युनिकरण गर्न त्रिविले विशेष तालिमको व्यवस्था गर्नु पर्छ जुन अहिलेसम्म गरीएको छैन । यसका साथै सफ्टवेरहरु प्रयोग गरी विद्यार्थी तथा प्राध्यापकहरुले लेख रचना तथा थेसिस उत्पादन गर्दा गरीएका कमजोरी पत्ता लगाई उनीहरुलाई सुध्रने मौका दिनु पर्दछ । यसका लागि विश्वविद्यालय अनुदान आयोगले पनि विशेष ध्यान दिनु पर्दछ ।

अन्त्यमा

त्रिविको हालसम्मको अवस्थाको विवेचना गर्दा यो न त मरेको छ न त मृत्युसैयामा छ । समस्यै समस्याहरुको भारी बोक्दै त्रिवि धिमा गतिमा अगाडी हिडिराखेको छ । यही अवस्थामा त्रिविले अन्तराष्टिय मापदण्डको मापन पुरा गर्न धेरै समय लाग्छ ।

अनुसन्धानको दृष्टिकोणबाट त्रिविको प्रागिकस्तर सोचे अनुसार नहुनु यथार्थ हो तर राष्ट्रको लागि चाहिने चाहिने जनशक्ति उत्पादन गरेको छ । राष्ट्रिय सञ्चार माध्यमहरु लगायत केही निश्चित व्यक्तिहरु नकरात्मक तरिकाले त्रिवि विरुद्ध निरन्तर लागिरहेका छन् । यस्को कमजोर पक्षलाई मात्र उछालिरहदा यस विश्वविद्यालयले राष्ट्रलाई दिएको योगदानलाई अवमुल्यन पनि गरिराखेको पाईन्छ र त्रिविमा असक्षम र ठगहरुको जमातमात्र हुन्छन भन्ने गलत सन्देश दिन खोजिएको छ ।

५० वसन्त पार गरेको त्रिविलाई अक्सफोर्ड (सन १०९६ मा शिक्षण शुरुभएको) वा क्यामब्रिज (१२०९ स्थापना) सँग तुलना गरेर वढी काल्पनिक र भावनात्मक हुनुपनि लेखकहरुको आफ्नो स्वार्थ कहि छिपेको छ कि? हुनसक्छ यी व्यक्तिहरु त्रिविमा नियुक्ति नपाएको झोकमा एकोहोरोरुपमा लेखिराखेका हुन सक्छन् ।

त्रिविको हालसम्मको अवस्थाको विवेचना गर्दा यो न त मरेको छ न त मृत्युसैयामा छ । समस्यै समस्याहरुको भारी बोक्दै त्रिवि धिमा गतिमा अगाडी हिडिराखेको छ । यही अवस्थामा त्रिविले अन्तराष्टिय मापदण्डको मापन पुरा गर्न धेरै समय लाग्छ । सरकारले संबृधिको नारालाई सार्थक वनाउन त्रिविमा पुरानो मान्यतालाई परिवर्तन गरी पुनसंरचना गर्न जरुरी छ ।

यस्को लागि परिवर्तनको सिद्धान्त (Change of Theory) प्रयोग गर्न सकिन्छ जुन एक गतिशील, आलोचनात्मक सोच प्रक्रिया हो, यसले सृर्जनसिलतालाई स्पष्ट र पारदर्शी बनाउँछ । यसले रणनीतिक योजनालाई जोड दिन्छ । यो समयको साथ एक सहभागिता तरिकाको रूपमा विकसित गरीएको हुन्छ । यो तार्किक संरचनामा आधारित छ र सरोकारवालाले गुणस्तर परीक्षण पूरा गर्न सक्छ । यसवारेमा अर्को लेखमा वर्णन गरिनेछ ।

प्रा.डा. सुवेदी ग्रामीण विकास केन्द्रीय विभागका विभागीय प्रमुख हुन् ।


भर्खर

0