सावधान ! झुकिएर पनि नराख्नुहोस् फेसबुकमा यस्ता गोप्य कुरा « Khabarhub

सावधान ! झुकिएर पनि नराख्नुहोस् फेसबुकमा यस्ता गोप्य कुरा


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जाल फेसबुक नचलाउने को होला र अचेत ? प्राय मानिसले फेसबुक चलाइरहेका हुन्छन् । इन्टरनेट अनिवार्य साधन भइसकेको हुनाले यस्ता सामाजिक सञ्जालले कुराकानीलाई सजिलो र सस्तो पनि बनाइदिएको छ।

संसारभर घटेका घटनाहरु मात्र नभइ टाढा रहेका आफन्तसँग क्षणभरमै भिडियोमा कुराकानी गर्न सकिन्छ। घरबाटै काम गरेर जीविकोपार्जन गर्न सकिन्छ । सजिलोसँगै अप्ठ्यारा र जीवनमा सरलता ल्याउने इन्टरनेटकै बाटोबाट भित्रिने जटिलता पनि छन् ।

समाजिक सञ्जालमा सन्देशहरु प्रवाह गर्दा सामान्य होसियारी अपनाउँदा इन्टरनेटकै कारण हुन सक्ने जोखिम कम हुन्छ । फेसबुक या सामाजिक सञ्जालमा बिर्सेर पनि आफ्नो पे चेक, क्रेडिट कार्ड, अनलाइन खरिद बिल र बैंक एकाउन्टका तस्वीर पोष्ट गर्नुहुँदैन । यदि तपाइँले यसो गर्नुभयो भने निकै ठूलो गल्ती हुनसक्छ ।

तपाइँले पोष्ट गरेको तस्वीरका आधारमा कम्प्युटर ह्याकरले तपाइँको बैंक एकाउन्टमा रहेको पैसा समेत चोर्न सक्छन् । त्यसैले बिर्सेर पनि निजी जानकारी फेसबुक या अन्य सामाजिक सञ्जालमा पोष्ट गर्नु हुँदैन ।

के कस्ता कुरामा ध्यान दिने ?

फोन नम्बरः मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा कहिले पनि फोन नम्बर नहाल्नुहोस् । मानिसहरुले यसका गलत फाइदा ढिलो चाँडो तपाईंबाट उठाउने छन् ।

जन्मदिनः ह्याकरले तपाईंको जन्मदिनले नै तपाईंको निजी जिन्दगीमा खलबली मच्चाइदिन सक्छन् । यसमार्फत उनीहरु तपाईंको बैंकसम्म पुग्न सक्छन् र तपाईंले निकै समस्या झेल्नुपर्ने हुन्छ ।

वास्तविक साथीलाई मात्र फेसुबकमा प्रवेशः अपरिचित मानिसहरुको फ्रेन्ड रिक्वेष्ट कहिले पनि एसेप्ट नगर्नुहोला । आफ्नो चिनजानका साथीलाई मात्र यहाँ राख्नु बुद्धिमानी हुनेछ ।

रिलेसनशीप स्टाटसः यदि तपाईं कोही मानिसको प्रेममा हुनुहुन्छ अथवा कसैसँग ब्रेकअप भएको छ भने यस्ता कुराहरु फेसबुकमा समावेश नगर्नुहोस् । अरुले फाइदा उठाउनेछन् ।

क्रेडिट कार्ड डिटेल्सः क्रेडिट कार्डको डिटेल्स कहिले पनि फेसबुकमा नराख्नुहोस् । अकाउन्ट ह्याक हुने सबैभन्दा ठूलो डर यसैबाट हुन्छ ।

आफ्नो बोसलाई नजोड्नुहोस्ः यो तपाईंको पर्सनल स्पेश हो । तपाईंको कुरा तपाईंको बोसलाई नराम्रो लाग्न सक्छ जसका कारण तपाईंले अफिसमा झेल्नुपर्ने हुनसक्छ ।

आफ्नो लोकेसन कहिले पनि नबताउनुहोस्ः फेसबुकमा तपाईं आफ्नो लोकेशन कहिले पनि ट्याग नगर्नुहोस् । थाहा छैन, कसले तपाईंमाथि नजर गाडिरहेको छ ।

पारिवारको तस्बिर नराख्नुहोस्ः यस्तो गर्दा तपाईंले आफ्नो दुश्मनहरुलाई पनि आफ्नो परिवारसम्म पुर्याइरहनु भएको छ । परिवारको तस्बिर हाल्न तुरुन्त बन्द गर्नुहोस् ।

बालबच्चाको स्कूलको जानकारी नहाल्नुहोस्ः तपाईंको आफ्नो साथीभाइसँग धेरै कुरा भन्न खोज्नुहुन्छ होला तर यसो भन्दैमा फेसबुकमा आफ्नो बालबच्चाको केही पनि जानकारी नहाल्नुहोस् । उनीहरुको स्कूलको केही गतिविधि पनि नहाल्नुहोस् । यसो गर्नुहुन्छ भने तपाईंलाई बेफाइदा नै हुन्छ ।

लोकेशन सेटिङ्ग सधैं बन्द राख्नुहोस्ः आइफोन होस् वा एन्ड्रोइड , लोकेसन सेटिङलाई सधैं बन्द राख्नुहोस् । यसो गर्दा तपाईंको स्थिती बारे अरुलाई थाहा हुन्छ र खबर पाएलगत्तै त्यस्ता व्यक्तिले केही भिन्न प्लानिङ गरेर तपाईंलाई हानी पुर्याउन सक्छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ६ : ५० बजे

१५ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौँ– जेठ १५ गते अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिन,

कान्समा ‘लोरी’लाई जुरी स्पेशल मेन्सन अवार्ड

काठमाडौँ– नेपालबाट पहिलो पल्ट कान्स फिल्म फेस्टिभलमा अफिसियिल्ली छानिएर इतिहास

विमानको खोज तथा उद्धारमा सघाउन स्थानीयलाई आग्रह

काठमाडौँ– सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा

२३ अर्ब १३ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले २३ अर्ब १३ करोड रुपैयाँ बराबरको

मौसमका कारण जहाज खोजीमा कठिनाइ, स्थल मार्गबाट सेना र प्रहरी पठाइयो  

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्क विहिन रहेको तार