मरिचको प्रयोगले स्वास्थ्यमा हुने १५ फाइदा | Khabarhub Khabarhub

मरिचको प्रयोगले स्वास्थ्यमा हुने १५ फाइदा


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुध, चिया, रोटी, तरकारी आदिमा मरिच प्रयोग गर्दा स्वाद मिठो हुन्छ ।  खाने मसलाको धुलोमा मरिच पनि मिसाइएको हुन्छ । स्वादका लागि मात्रै होइन मरिच स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ ।

मरिचको फाइदा यस्तो छ

टाउको दुखेमा : पाँच चम्चा जति गाईको घ्यूमा सात गेडा मरिच झानेर टाउको दुखेको बेलामा लगाउनदा टाउको दुख्न निको हुन्छ ।

टाउकोको आधा भाग दुखेमा : मरिचलाई पानीमा पिनेर लेप बनाएर दाहिने पट्टिको टाउकोको भाग दुखेको भए देव्रेपट्टिको कंचटमा लेप लगाउने र देव्रे पट्टिको भाग दुखेको भए दाहिने पट्टिको भागमा लेप लगाएमा ठीक हुन्छ ।

रुघाखोकी लागेमा : मरिचको १० वा १५ दाना पिनेर फिटेर दैनीक सेवन गरेमा एक सातामा रुघाखोकी ठीक हुन्छ ।

पिनास भएमा : २५–३० दाना मरिच हालेर पिँधेर, दुई ग्लाँस पानीमा पकाएर खाने त्यसपछि सिरक ओडेर सुत्न सुत्ने । यो प्रक्रियाले पिनास, रुघा र टाउको दुखेको रोग ठीक हुन्छ ।

कफ र खोकी लाग्ने समस्या भएमा : १ दाना फुराएको मरिच मसिनो गरी पिनेर १ चम्चा सखरमा मुछेर सानो–सानो गोली बनाउने । त्यसलाई दिनको तीन–चार वटा गोली चुस्ने । यस्तो प्रक्रियाले कफ निकालेर खोकी ठीक हुन्छ ।

हिक्क आउने समस्या : हिक्क आउने समस्या आएमा मरिच डडाएर त्यसको धूँवा सुँघेमा एकै छिनमा ठीक हुन्छ ।

फियो बढेमा : कागतीको चुकमा ८–१० गेडा मरिच पिनेर बिहान–बेलुका लेप लगाएमा ठीक हुन्छ ।

जाडोले कामज्वरो आएमा : एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।

आँखाको कुनैपनि रोग लागेमा : गाईको घ्यूमा मरिचको धूलो तताएर भातमा मिसाएर खाने गरेमा आँखाका रोगहरु लाग्नबाट बच्न सकिन्छ ।

अंग नचलेमा वा पक्षघात भएमा : मरिचको धूलो, नीमको पात तेलमा डडाएर पक्षघात भएको अंगमा बिहान–बेलुका मालिस गरेमा बिस्तारै ठीक हुँदै जान्छ ।

दाँत दुख्ने रोगमा : मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको समस्या ठीक हुन्छ ।

शरीर सुन्निएमा : मरिच डढाएको तेल मालिस गर्नाले शरीर सुनिएको ठीक हुन्छ ।

अमलपित्तको रोग भएमा : फुराएको एक चिम्टी मरिचको धूलो, एक चम्चा मह, एक ग्लास पानीमा फिटेर खाने गरेमा अमलपित्तको रोग ठीक हुन्छ ।

भोक जगाउन : १ चम्चा मरिचको धूलो एकचम्चा महसँग फिटेर बिहान खाली पेटमा खाएमा भोक लाग्छ ।

अण्डकोष बढेमा :यस प्रकारको रोगमा जिरा र मरिच पानीमा पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठीक हुँदै जान्छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ९ : ३८ बजे

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा