चुरोट तान्न सय वर्ष पुग्नु पर्ने ! | Khabarhub Khabarhub

चुरोट तान्न सय वर्ष पुग्नु पर्ने !


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चुरोट आफैँमा स्वास्थ्यका लागि हानीकारण छ । तैपनि अम्मलीहरु चुरोट नखाई बस्न सक्दैनन् । आजकल काठमाडौँका पसल तथा क्याफेहरुमा माध्यमिक तह पढ्ने विद्यार्थीले समेत चुरोट तानेको देख्न पाइन्छ । चुरोट तान्न महिलाहरु पनि पुरुषभन्दा कम छैनन् ।

बालबालिका तथा किशोरकिशोरीलाई धूमपानको लत नलागोस् भन्नाका लागि विश्वका अधिकांश सभ्य मुलुकले चुरोट बेच्न उमेरहद तोकेका हुन्छन् । नेपालमै पनि १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा किशोरकिशोरीलाई चुरोट बेच्न पाइँदैन । चुरोट खरिदविक्री तथा धूमपानका मामलामा विभिन्न मुलुकमा आ–आफ्नै नियम छन् । तर, सुन्दा अचम्म लाग्ला, अमेरिकाको हवाई राज्यमा अब चुरोट तान्न १ सय वर्ष पुग्नुपर्ने भएको छ ।

खासमा हवाई राज्यकको कङ्ग्रेसमा एकजना डेमोक्र्याटिक पार्टीका सदस्यले राज्यमा अब चुरोट तान्ने वैधानिक उमेरहद १ सय वर्ष पु¥याउनुपर्ने प्रस्ताव गरेका छन् । रेचर्ड क्रिगेनले राज्यको कङ्ग्रेसमा प्रस्ताव गरेको यो विधेयक पारित भएमा श्रृङ्खलाबद्ध रुपमा सन् २०२४ सम्म चुरोट तान्ने उमेरहद १ सय वर्ष पुग्नेछ ।

यसअनुसार सन् २०२० मा चुरोट किन्न पाउने उमेर ३० वर्ष पुग्नेछ, त्यस्तै २०२१ मा ४० वर्ष २०२२ मा ५० वर्ष, २०२३ मा ६० वर्ष र सन् २०२४ मा १ सय वर्ष पुग्नेछ । उनको विधेयकमा विद्युतीय चुरोट र सुर्तिजन्य चुइगममा भने उमेर हद बढाउने प्रावधान उल्लेख छैन । यी पदार्थ चुरोटजस्तो हानीकारक नहुने भएकाले समावेश नगरिएको क्रिगनले हवाई ट्राइबुन हेराल्डलाई बताएका छन् ।

हवाई राज्यमा धूमपानका मामिलाको कानून उसैपनि कठोर नै मानिन्छ । हवाई राज्यमा चुरोट खरिद गर्ने वैधानिक उमेर २१ वर्ष हो । अमेरिकाका अरु ठाउँमा यो उमेरहद १८ वा १९ वर्ष मात्रै छ । तर, यो विधेयक पारित भई कानून बनेमा यसले हवाई राज्यमा चुरोट तान्ने कोही पनि हुने छैनन् ।

क्रिगनले विधेयकमा चुरोट भन्ने चिज संसारकै सबैभन्दा खतरनाक मानवनिर्मित वस्तु भएकाले यसलाई प्रतिबन्ध लगाउन अझै धेरै गर्न बाँकी रहेको उल्लेख गरेका छन् । हुनपनि अमेरिकामा हरेक वर्ष धूमपानका कारण ५ लाखभन्दा धेरै मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ ।
उनी आकस्मिक कक्षका चिकित्सक भएकाले उनले राज्यमा चुरोट प्रतिबन्ध गर्न औधी नै लागिपरेको बताइन्छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ९ : ०६ बजे

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा