गीतको कभर भिडियो प्रतियोगिता घोषणा : प्रथम हुनेलाई ३२ इन्चको टिभी, चौथो हुनेलाई एक वर्षे अभिनय तालीम | Khabarhub Khabarhub

गीतको कभर भिडियो प्रतियोगिता घोषणा : प्रथम हुनेलाई ३२ इन्चको टिभी, चौथो हुनेलाई एक वर्षे अभिनय तालीम


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘जानी नजानी’ युनिटले फिल्मको गीत ‘एउटीलाई मुटुमा घर’ को कभर भिडियो प्रतियोगिता गराउने घोषणा गरेको छ । फिल्म युनिटले बिहीवार काठमाडौंमा औपचारिक कार्यक्रममा गरेर पत्रकारमाझ प्रतियोगिताको जानकारी दियो ।

गीतको भिडियो कम्तिमा एक मिनेटदेखि चार मिनेटसम्म हुनेपर्ने निर्माण टिमले जानकारी गराएको छ । उत्कृष्ट हुनेलाई ३२ इन्चको टिभी प्रदान गरिने, त्यस्तै दोस्रो हुनेले एउटा साउण्ड सिस्टम पाउने र तेस्रो हुने दुई जनाले कार्टुन क्रुज टिमसँग तीन महिनाको नृत्य प्रशिक्षण र चौथोलाई कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षको फिल्म डिप्लोमा कोर्ष निशुल्क पढ्न पाउनेछन् ।

अर्जुन पोखरेलको संगीत रहेको यो गीतमा अम्बिका शर्माका शब्द छन् । गीतमा सुमी मोक्तानले नाचेकी छिन् भने कोरियोग्राफी कविराज गहतराजको छ ।

निर्देशक बसन्त अधिकारका अनुसार भिडियो आउँदो २० फागुनभित्र वबलष्लबवबलष्द्दण्ज्ञड२नmबष्।िअयm मा पठाउनुपर्नेछ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ४ : २१ बजे

सुनचाँदीको मूल्य बढ्यो,  कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको