झरनाले भनिन् – ‘यात्रा’ टिम किन जुध्न आयो, अचम्म लाग्छ | Khabarhub Khabarhub

झरनाले भनिन् – ‘यात्रा’ टिम किन जुध्न आयो, अचम्म लाग्छ


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो शुक्रबारबाट ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ रिलिज हुँदैछन् । दुवै फिल्म यस वर्षका प्रतीक्षित फिल्म हुन् । फिल्मको चर्चा त एकातिर छ । अर्कातिर दुई फिल्म एकसाथ रिलिज हुने भएपछि नेपाली फिल्मका कोर दर्शकहरु दुःखी छन् । किनकि, दर्शक चाहन्छन् – सबै फिल्म चल्नुपर्छ । फिल्मले राम्रो व्यापार गर्नुपर्छ ।

यसैबीच फिल्म ‘ए मेरो हजुर ३’ की निर्देशक झरना थापाले आफूहरु फिल्म जुधाउन नआएको बरु ‘यात्रा’ टिम नै सोही मितिमा फिल्म जुधाउन आएको बताएकी छिन् । खबरहबसँग विशेष कुराकानी गर्दै निर्देशक थापाले ‘यात्रा’ फिल्मलाई पनि शुभकामना दिएकी छिन् ।

‘जुध्ने कुरामा हामीहरु आएको हैन, हामीले पहिले नै तय गरेको मितिमा उहाँहरु आउनुभएको हो,’ थापाले भनिन्, ‘फेरि उहाँहरु नयाँ मेकर पनि होइन, उहाँहरुले पनि किन यही मिति रोज्नुभयो, मलाई अचम्म लागिरहेको छ ।’

तस्वीर – आर्यन बिमली

साथै झरनाले यसरी फिल्म जुध्दा फिल्म क्षेत्रले पनि सबक सिक्ने धारणा राखेकी छिन् । ‘भोलिका दिनमा मेकरलाई पनि यो सबक हुन्छ, फिल्म ल्याएर जुधाउन नहुने रैछ भन्ने बुझ्नुहुन्छ ।’, झरनाले भनिन् ।

उनले आफूले ‘यात्रा’ टिमलाई रिलिज मिति सार्नका लागि आग्रह गर्दा उल्टो आफूहरुलाई रिलिज मितिमा हेरफेर गर्न भनेको बताइन् । ‘हामी पहिले यो मितिमा रिलिजका लागि आएका थियौँ, त्यसैले पनि हामीले सार्दा भागेजस्तो हुन्थ्यो, उहाँहरुले नजुधाउनुपर्ने हो, खै किन जुधाउनुभयो, अब दुवै फिल्म चलून्, शुभकामना दिन चाहन्छु ।’, उनले खबरहबसँग भनिन् ।

फिल्म ‘ए मेरो हजुर ३’ मा अनमोल केसी र सुहाना थापाको जोडी देखिनेछ । अनमोलका लागि यो सातौं फिल्म हो भने सुहानाले यसै फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछिन् ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  १ : ४४ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम