राजा वीरेन्द्रले घुँडा टेकेको दिनदेखि ४५ मिनेट मौका, दोष ४ मिनेटको सम्म « Khabarhub
Logo
६ आश्विन २०७८, बुधबार

राजा वीरेन्द्रले घुँडा टेकेको दिनदेखि ४५ मिनेट मौका, दोष ४ मिनेटको सम्म



काठमाडौं– आज चैत २४ गते आइतबार प्रकाशित अन्नपूर्ण पोस्ट दैनिकले पहिलो पृष्ठमा ४५ मिनेट मौका, दोष ४ मिनेटको शीर्षकको समाचार प्राथमिकताका साथ प्रकाशन गरेको छ ।

त्यस्तै बार पर्सा हावाहुरी पीडितको मेस बन्द शीर्षकको अर्को समाचार प्रकाशन गरेको छ ।

त्यसै गरि विर्सदै जनआन्दोलन दिवस भन्दै अन्नपूर्णले भित्री पृष्ठमा समाचार प्रकाशन गरेको छ ।

मुख्य समाचार ४५ मिनेटको मौका, दोष४ मिनेटको भन्दै अन्नपूर्णले मंगलबार बेलुकी दुबइको लागि उड्न लागेको विमान रोकिएको बारे समाचार प्रकाशन गरेको छ । समाचार मा भनिएको छ–

सामान्य परिस्थितिमा कुनै पनि जहाज निर्धारित तालिकाभन्दा कति ढिला डिले हुन सक्छ रु यदाकदा एक–दुई मिनेट। कतार, थाईजस्ता प्रतिष्ठित एयरलाइन्स त सेकेन्ड पनि ढिला गर्दैनन्। डिले भए कर्मचारी कारबाहीमा पर्छन्।

नेपाल एयरलाइन्सका लागि भने डिले सामान्य मानिन्छ। अझ निर्धारित समयभन्दा ४५ मिनेट ढिलासम्म उड्न नसकेर भएको ठूलो क्षतिमा उसले अरू निकायलाई दोष दिएर पन्छिने गरेको छ। गत मंगलबार बेलुकी समयमा दुबई नउडाएर धावनमार्ग बन्दले विमान रोकिएको विषयलाई उड्ययन क्षेत्रमा ‘गम्भीर अपराध’ का रूपमा लिइएको छ। सबैभन्दा ठूलो बदमासी त यात्रुलाई रातभर विमानमै थुनिएको छ।

बेलुकी ९ बजे जहाज चढेका करिब १ सय ५० जनालाई भोलिपल्ट बिहान ५ः१५ मा मात्र बाहिर निकालिएको थियो। उडान हुन नसक्नुमा नेपाल एयरलाइन्सले ३–४ मिनेटको मौका नदिइएको आक्षेप लगाउँदै आएको छ। जब कि नोटाम ९विमानस्थल बन्दको सार्वजनिक सूचना० तीन महिनाअघि जारी गरिएको थियो।

‘केही मिनेटले गर्दा समस्या भएको होइन। ९ः१५ मा उड्नुपर्ने फ्लाइट नम्बर आरए २३१ को जहाज १० बजे पनि उड्न सकेन’, नागरिक उड्डयन प्राधिकरण सम्बद्ध स्रोतले भन्यो, ‘अनि चार मिनेट नदिएर करोडौं क्षति भयो भन्दै हामीलाई दोष दिन थालियो। यो उड्डयनको संवेदनशीलता बुझेर पनि बुझ पचाएजस्तो भयो।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नयाँ कालोपत्र गर्न तीन महिनाका लागि दैनिक १० घन्टा बन्द गरिएको छ। त्यसका लागि तीन महिनाअघि नोटाम जारी गरिएको थियो। नोटाम अर्थात् नोटिस टु एयरमेन ९उड्डयनकर्तालाई सूचना० विमानस्थलमा हुने अवरोधबारे सार्वजनिक आह्वानबाट दिइने पूर्वजानकारी हो। यही आधारमा सम्बन्धित विमानस्थालमा उडान भर्ने विभिन्न मुलुकका विमानले तालिका मिलाउँछन्।

नेपाल एयरलाइन्सको दुबई उडान नोटामबाट प्रभावित हुने समयमा पर्दैन। किनकि यसले थप ४५ मिनेट पाउँछ। बेलुकी ८ः२५ मा बे उड्डयन गेट मा राखिएको जहाज आरामले प्रक्रिया पूरा गर्दा पनि ९ः१५ मा उड्न सक्थ्यो। ग्राउन्ड ह्यान्डलिङ उसको आफ्नै थियो। बाधा पुर्‍याउने केही थिएन। कुनै भीभीआईपीलाई कुर्नुपरेको पनि थिएन।

उक्त वाइड बडी ए ३३०–२४३ जहाजमा २ सय ७६ यात्रु थिए। १० बजे जब विमानस्थल बन्द भयो अनि यसले उड्न अनुमति मागेको थियो। एयर ट्राफिक कन्ट्रोलरले नोटामका कारण अनुमति दिएनन्। ‘नोटाम यस्तो सूचना हो जसमा एक सेकेन्ड पनि हेर्न मिल्दैन। कसैले मनखुसी दिएमा कारबाहीमा पर्छ’, उड्डयनका एक विज्ञले भने।

त्यस्तै बिर्सिंदै जनआन्दोलन दिवस शीर्षकमा अन्नपूर्णले लेखेको छ– त २४ गते आइतबार २९ औं जनआन्दोलन दिवस। २०४६ को जनआन्दोलनको बलमा ३० बर्से निर्दलीय पञ्चायती शासकलाई घुँडा टेकाएको दिन। तत्कालीन वाममोर्चा र कांग्रेसले गरेको संयुक्त आन्दोलन उत्कर्षमा पुगेको थियो, २०४६ चैत २४ गते। आन्दोलन थेग्न नसकेर तत्कालीन राजा वीरेन्द्रले मरिचमानसिंह श्रेष्ठलाई प्रधानमन्त्रीबाट हटाएर पछि हट्न खोजेको सन्देश दिएका थिए।

पूर्वप्रधानमन्त्री तथा तत्कालीन वाममोर्चाका तर्फबाट आन्दोलनका संयोजकसमेत रहेका डा।बाबुराम भट्टराई भन्छन्, ‘चैत २४ गते वाममोर्चाका तर्फबाट हामीले नेपाल बन्द घोषणा गरेका थियौं। जनताले विद्रोह गरे। परिणामस्वरूप राजा वीरेन्द्रले चैत २६ गते वाममोर्चा र कांग्रेससँग सम्झौता गरेर बहुदलको घोषणा गरेका थिए।’

चैत २४ राजनीतिक परिवर्तनका लागि अर्को महत्वपूर्ण दिन पनि मानिन्छ। दोस्रो जनआन्दोलनको सुरुवात पनि दलहरूले ०६२ चैत २४ मा नै थालेका थिए। त्यसले राजसंस्था अन्त्य गरी देशमा गणतन्त्र स्थापना गर्‍यो। ०४६ को आन्दोलनले राजनीतिक स्वतन्त्रतासँगै वाक तथा अभिव्यक्ति स्वतन्त्रता पनि दिएको थियो। लौह पुरुष गणेशमान सिंह नेतृत्वको अहिंसात्मक आन्दोलन थियो त्यो। शान्तिपूर्ण सत्याग्रही आन्दोलनबाटै शासकलाई घुँडा टेकाउन सकिने महत्वपूर्ण नजिर स्थापित भएको थियो।

त्यसरी सुरु जनआन्दोलन र जनआन्दोलनबाट प्राप्त उपलब्धीको स्मरण अहिले राजनीतिक दलहरूले गर्न छाडेका छन्। जनआन्दोलनको भावना र मर्म बिर्संदै गएका दलले औपचारिक कार्यक्रम गर्नसमेत छाडेका छन्। ०४६ को जनआन्दोलन मात्र होइन, ०६२/६३ को दोस्रो जनआन्दोलनले पनि राजनीतिक परिवर्तन ल्याएको थियो। पहिलोले राजाले लादेको पञ्चायती व्यवस्थालाई बहुदलीय व्यवस्थामा रूपान्तरण र राजाको निरंकुशता अन्त्य गरेको थियो। राजाले फेरि आफूमा अधिकार केन्द्रित गर्न खोज्दा दोस्रो जनआन्दोलनले २ सय ४० वर्षदेखि एकछत्र राज गर्दै आएको राजतन्त्र नै उखेलिदियो।


भर्खर

0