रेशम चौधरीको मुद्दा कानूनी भन्दा पनि राजनीतिक हो : उपेन्द्र यादव | Khabarhub Khabarhub

रेशम चौधरीको मुद्दा कानूनी भन्दा पनि राजनीतिक हो : उपेन्द्र यादव



काठमाडौं– उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद् रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले आजीवन कारावासको फैसला गर्नु दुर्भाग्यपूर्ण हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादवले सांसद चौधरीको मुद्दालाई राजनीतिक तवरबाटै समाधान खोजिनुपर्नेमा त्यसो हुन नसकेको भन्दै यसले जोखिम निम्त्याउन सक्ने बताए ।

खबरहबसँग विशेष कुराकानी गर्दै उपप्रधानमन्त्री यादवले भने, ‘रेशम चौधरीको मुद्दा कानूनीभन्दा पनि राजनीतिक हो, राजनीतिमा अनुहार, भूगोल, सामाजिक, सांस्कृतिक समुदाय हेरेर फरक–फरक निष्कर्षमा पुग्नु हुँदैन । तसर्थ समाधान पनि राजनीतिबाट नै हुनुपर्छ ।’

सरकारले यस मुद्दालाई राजनीतिक निर्णयबाट सम्बोधन गरिएको भए उपयुक्त हुने तर्क गर्दै उनले क्षेत्र तथा भूगोलका आधारमा पूर्वाग्रह राख्न नहुने तर्क गरे । आफ्नो पार्टीको शुरुदेखिको अडान नै राजनीतिक समस्याको हल राजनीतिबाटै गर्नुपर्ने रहेको स्पष्ट पारे ।

त्यस्तै, उनले नेपालको इतिहासमा कानूनी तवरबाट समाधान खोजिएका कुनै पनि राजनीतिक प्रश्नको समाधान हुन नसकेको समेत टिप्पणी गरे ।

अब संघीय समाजवादी फोरम पनि सरकारबाट बाहिरिन्छ कि ? भन्ने प्रश्नमा उपप्रधानमन्त्री यादवले अवस्थालाई थप परिपक्व हुन दिइनुपर्ने प्रतिक्रिया दिए । खबरहबसँग गरिएको विस्तृत अन्तरवार्ता शुक्रबार प्रकाशन गरिनेछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ९ : ०७ बजे

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

अछाम र बाजुरामा विद्युत सेवा बन्द

धनगढी । अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ।