महिला साफ च्याम्पियनसिपका लागि २० सदस्यीय टोली घोषणा | Khabarhub Khabarhub

महिला साफ च्याम्पियनसिपका लागि २० सदस्यीय टोली घोषणा


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विराटनगरमा आयोजना हुने महिला साफ च्याम्पियनसिप खेल्ने २० सदस्यीय नेपाली राष्ट्रिय महिला टोली घोषणा गरिएको छ । विहीबार प्रशिक्षक हरि खड्काले २० सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

टोलीको कप्तानी निरु थापाले पाएकी छन् । यस्तै, गोलकिपरमा एन्जिला तेम्वाप्पो सुब्वा, अन्जना राना मगर, उषा नाथ रहँदा टोलीको रक्षापक्तिमा हिरा कुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, पूजा राना र मनमाया लिम्वु छन् ।

यस्तै, मिडफिल्डरमा अनिता बस्नेत, दीपा राई, मन्जली योञ्जन, शर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी र अनिता के सीले सम्हाल्नेछन् भने फरवार्डमा रेखा पौडेल, निरु थापा (कप्तान) र सावित्रा भण्डारी छन् ।

साफ खेल्दै खेलाडी जीवनबाट सन्यास लिने तयारीमा रहेकी पूर्व कप्तान अनु लामासहित बिमला चौधरी र सुनिता चौधरी २० सदस्यीय टोलीमा अटाएका छैनन् । विराटनगरमा साफको तयारी गरिरहेको नेपाली टोलीले घरेलु मैदानमा ट्रफी उचाल्ने लक्ष्य बनाएको प्रशिक्षक हरि खड्काले बताए ।

“प्रतियोगितामा सहभागी हरेक टोलीको लक्ष्य उपाधि नै हुन्छ । तर, हामीले विपक्षी टोली अनुसार समूह चरणमा जीत हासिल गर्दै फाइनलसम्म पुग्ने रणनीति बनाउँदै खेल्छौं,” हरि खड्काले भने । प्रतियोगिता फागुन २८ गतेदेखि विराटनगरको शहीद रंगशालामा शुरु हुनेछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ४ : ३७ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत