स्किृप्ट सम्पादन भएपछि सर्‍यो अनमोलको ‘धुपौरे’ « Khabarhub

स्किृप्ट सम्पादन भएपछि सर्‍यो अनमोलको ‘धुपौरे’


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो मंसिरदेखि छायांकनमा जाने गरी तयारी गरेको चलचित्र ‘धुपौरे’ पोस्टपोन्ड भएको छ । अभिनेता अनमोल केसीले अभिनय गर्ने भएपछि यो चलचित्र चर्चामा थियो ।

अनमोलले होम प्रोडक्सनको चलचित्र ‘एन्टी हिरो’ छाडेर ‘धुपौरे’ मा काम गर्ने चर्चा थियो । स्रोतका अनुसार ‘धुपौरे’ को स्किृप्टमा आएको हेरफेरका कारण अनमोलले अहिले नै चलचित्र नगर्ने भएका हुन् । स्रोतले चलचित्रबाट अनमोल केसी बाहिरिन खोजेको दाबी गरेको छ । तर, निर्देशकले भने चलचित्र अनमोल नै रहने बताएका छन् ।

पाइपलाइनमा रहेका अनमोलका चलचित्रमध्ये ‘धुपौरे’ पनि प्रतीक्षित थियो । किनकि यो चलचित्रमा स्टारडम र कुशल निर्देशकीय क्षमताको संयोजन रहने धेरैको विश्वास थियो । निर्देशक साम्तेन भुटियालाई राम्रो चलचित्र निर्देशन गर्ने निर्देशकका रुपमा लिइन्छ ।

चलचित्र ‘धुपौरे’ लाई लिएर अनमोल पनि उत्साहित थिए । स्रोतका अनुसार चलचित्रको स्किृप्ट हेरफेरमा चित्त नबुझेपछि उनले चलचित्रबाट हात झिक्न खोजेका छन् । यो चलचित्रका लागि भनेर अनमोलले आफ्नो तौल पनि बढाइरहेका थिए ।

चलचित्र जगतमा गसिप चलेपछि ‘धुपौरे’ का निर्देशक भुटियाले भने अनमोल केसीले  चलचित्र नछोडेको दाबी गरेका हुन् ।

जयन श्रेष्ठ र रुपेन्द्र खड्कीले निर्माण गर्ने भनिएको यो चलचित्र मंसिरबाट गर्ने निर्माण टिमले जनाएको थियो । अब भने यो चलचित्रको छायांकन पछाडि धकेलिएको छ ।

‘धुपौरे’ डार्क एक्सन लभस्टोरी विधामा निर्माण हुने भनिएको बताइएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ६ : २७ बजे

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन

काठमाडौं–  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढ्दो भ्रष्टाचारलाई प्रभावकारी रुपमा नियन्त्रण

इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरू भयो निफ

काठमाडौं – नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा

जिप दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर– पाँचथरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

रेड बुल तपाईँको स्वास्थ्यको लागि कति खराब छ ?

काठमाडौं– सधैँ दौडधुप भइरहने आजको संसारमा रेड बुल जस्ता इनर्जी

भारतको सहयोगमा नेपालमा ७ विकास परियोजना अघि बढ्ने, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं- भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन