पिङमा पूर्वयुवराज पारस र सोनिकाको रमाइलो, सामाजिक सञ्जालमा भिडियो भाइरल « Khabarhub

पिङमा पूर्वयुवराज पारस र सोनिकाको रमाइलो, सामाजिक सञ्जालमा भिडियो भाइरल


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पूर्वयुवराज पारस र सोनिका रोकाया पिङमा मच्चिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सोही भिडियोलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न टिकाटिप्पणी गरेका छन् ।

भिडियोमा पहिले पारस पिङमा मच्चिरहेको देख्न सकिन्छ । उनी खुशी मुद्रामा हुन्छन् । यत्तिकैमा पारस पिङबाट झर्छन् । सोनिकाले पारसलाई सोध्छिन् – कस्तो थियो अनुभव ?

पारस भन्छन् – लास्ट थाक्यो । स्वाँ स्वाँ नै भयो ।

यसपछि सोनिका मज्जाले हाँस्छिन् । र, अब मेरो पालो भन्दै पिङमा मच्चिन्छिन् । पारसले सोनिका चढेपछि पिङ मच्चाइदिन्छन् ।

सोनिकाले बारम्बार पिङ मच्चिँदा डराएको भनेपछि पारसले धकेल्न छोड्छन् ।

तिहारको छेकोको जस्तो लाग्ने यो भिडियो सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो वालमा शेयर गरेका छन् ।

पूर्वयुवराज पारस र सोनिका ३ महिनादेखि नजिक छन् । सोनिकाले पारससँगको एक भिडियो सार्वजनिक गरेपछि यी दुईबी अफेयर चलेको टिप्पणी भएको थियो । यद्यपि सोनिकाले भने आफू राम्रो साथी मात्र भएको बताउँदै आएकी छिन् ।

केही समयअघि सोनिकाले खबरहबसँगको कुराकानीमा आफू पारससँग अभिभावकका रुपमा नजिकिएको जिकिर गरेकी थिइन् । यता पूर्वयुवराज पारसले पनि आफूलाई राजा हुने कुनै रहर नभएको र आम मान्छेझैँ सामान्य रुपमा रहन चाहेको बताएका थिए ।

पोखरामा रहेका पारस र सोनिका एकसाथ भएको भिडियो सार्वजनिक भइरहन्छन् । यद्यपि पारससँगका खिचाएका तस्वीर पोखरेली युवाहरुले पनि शेयर गर्ने गर्छन् ।

पारसले आफू आध्यात्मिक बाटोमा लागेको बताउँदै आएका छन् । रमाइलो कुरा त के छ भने छाडा कार्यक्रम चलाएर चर्चामा आएकी सोनिका पछिल्लो समय कुर्ता सुरुवालमा देखिन थालेकी छिन् । सोनिकाले खबरहबसँगको कुराकानीमा भनेकी थिइन्, ‘म त अब माता बन्छु होला, हाम्रो संस्कार त धेरै राम्रो रहेछ, पहिले म पाश्चात्य संस्कृतिको भ्रममा बाँचेकी रहेछु ।’

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १२ : ०० बजे

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की

चीनका कार्यवाहक राजदूत आएसँगै काठमाडौंमा विशेष कार्यक्रम

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम– नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी