यसरी कसौडीमा बनाउन सकिन्छ खसीको स्वादिष्ट पक्कु | Khabarhub Khabarhub

यसरी कसौडीमा बनाउन सकिन्छ खसीको स्वादिष्ट पक्कु


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दशैंमा खसीको मासुका विभिन्न परिकार पकाइन्छ । यो समयमा सवैका घर–घरमा प्रशस्त मासु हुने भएकाले मासु बिग्रिने सम्भावना धेरै हुन्छ ।

फ्रिजमा नभएको अवस्थामा खसीको मासुलाई खानयोग्य हुने गरी धेरै दिनसम्म राख्नका लागि पक्कु बनाइन्छ । दशैंमा खसीको पक्कु बनाउने प्रचलन नेपाली समाजमा पुरानै हो ।

धेरै दिन पछिसम्म पनि खान योग्य हुने गरी पक्कु बनाउने तरिका नजान्दा मासु बिग्रिने खतरा रहन्छ । जसका लागि कुन कुन मसलाहरु कति मात्रा राख्ने र कति समयसम्म पकाएर राख्ने त्यसको जानकारी हुन जरुरी हुन्छ ।

धेरै दिनसम्म खान योग्य हुने गरी कसरी स्वादिलो खसीको पक्कु बनाउन सकिन्छ त ?
आवश्यक पर्ने सामग्री
काँचो धनियाँ र जिरा, बेसार, रातो धुलो खुसार्नी, तोरीको तेल, ल्वाङ, सुकमेल, दालचिनी, तेजपत्ता र गरम मसाला ।

पक्कु बनाउने तरिका
मासुको पिस केही ठूलो बनाउनुहोस् । धनियाँ र जिरालाई भुटेर पिस्ने । बजारमा पाइने रेडिमेड धनियाँ र जिराको धुलोभन्दा घरमा नै बनाइएको प्रयोग गर्दा उपयुक्त हुन्छ ।

यदी १ केजी खसीको मासुको पक्कु बनाउने हो भने १ चम्चा बेसार, ३ चम्चा भुटेको जिरा धनियाँको धुलो, आधा चम्चा गरम मसला, स्वादअनुसार खुर्सानीको धुलो, सानो कचौराको १ कचौरा काँचो तोरीको तेल मासुमा राखेर राम्रोसँग मिक्स गर्ने ।

मसाला मिक्स गर्दा थोरैमा पनि ५ मिनेटसम्म मोल्दा त्यो मसलाहरु मासुभित्र राम्रोसँग पसेर पक्कुको स्वाद अझ स्वादिलो हुन्छ ।

यसरी मिक्स गरिएको खसीको मासुलाई न्यूनतम १ घण्टा राम्रोसँग छोपेर राख्नुपर्छ । पक्कु बनाएरु धेरै दिनसम्म राख्ने हो भने त्यसमा नुन राख्नु हुँदैन तर तुरुन्तै खाने पक्कुमा स्वादअनुसार नुन मासुमा राखेर मिक्स गर्ने ।

नुनले खानेकुरालाई छिट्टै गलाउने हुँदा धेरै दिनसम्म राख्ने पक्कुमा नुन प्रयोग नगरि बनाएर खाने बेलामा मात्र नुन राखेर खाँदा राम्रो हुन्छ । साथै, पक्कुमा अदुवा लसुन, प्याज, टमटर केही पनि प्रयोग गरिदैँन ।

पक्कु सादा बनाउदा नै धेरै दिनसम्म राखेर खान सकिन्छ । खसीको पक्कुलाई कराइमा भन्दा कसौडी ९भड्ड्, भाँडा० मा पकाउँदा स्वादिलो हुने र राम्रोसँग पाक्ने हुँदा सम्भव भएसम्म कसौडीमा पकाउँदा राम्रो हुन्छ ।

कसौडी तातिएपछि मसला मिक्स गरी राखिएको मासुलाई कसौडीमा हाल्ने । मधुरो आगोमा कसौडीको मासु बेला–बेलामा चलाउँदै गर्ने । मासुको पानी सुकेर केही रातो भएपछि त्यसमा ल्वाङ, सुकमेल, दालचिनी, तेजपत्ता मासुमा राखेर चलाउने ।

मासुमा ल्वाङ, सुकमेल, दालचिनी, तेजपत्ता राखेर चलाएपछि मन्द आगो बनाएर छोपिदिने र १५–२० मिनेटको बीचमा चलाउदै गर्ने । मासुको पानी सुकेर तेल निस्किन थालेपछि मासुलाई केही बेर नछोपी पाक्न राख्ने। यसरी खसीको मासुको पक्कु तयार हुन्छ ।

धेरैदिन पछिसम्म पनि पक्कुलाई खानयोग्य राख्नु छ भने सफा कसौडीमा नै पक्कुमा राख्ने कसौडीको माथिबाट हावा छिर्ने मिल्ने गरी केही पातलो कपडाले छोपेर ओसिलो ठाँउमा राख्नु पर्दछ । यसरी बनाइएको खसीको पक्कु १ हप्ता पछिसम्म पनि खान योग्य नै हुन्छ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ९ : २१ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत