लोकतन्त्र र संघीयता सम्बन्धी प्रशिक्षणमा भागलिन नेताहरु अमेरिका जाँदै | Khabarhub Khabarhub

लोकतन्त्र र संघीयता सम्बन्धी प्रशिक्षणमा भागलिन नेताहरु अमेरिका जाँदै


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेशनल डेमोक्रेटिक इन्स्टिच्यूटको आयोजनामा अमेरिकामा हुने लोकतन्त्र सम्बन्धी प्रशिक्षण कार्यक्रममा सहभागी हुन विभिन्न राजनीतिक दलका नेताहरु त्यसतर्फ जाने भएका छन् ।

सेप्टेम्बर ९ देखि १३ तारिखसम्म वासिङटन डिसीमा हुने कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकातर्फबाट शुरेन्द्र पाण्डे, निरु पाल, विजय सुब्बा, अन्जना विशुंखे सहभागी हुने भएका छन् ।

त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट डा. मिनेन्द्र रिजाल र सरिता प्रसाई सहभागी हुनेछन् भने राजपा नेपालका राजेन्द्र महतो समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ सहभागी हुनेछन् ।

नेपालको लोकतन्त्र र संघीयता अभिवृद्धि गर्ने उद्देश्यले नेशनल डेमोक्रेटिक इन्स्टिच्यूटले उक्त प्रशिक्षण कार्यक्रमको आयोजना गर्न लागेको हो ।

प्रशिक्षणमा सहभागी हुन उनीहरु शनिबार साँझ त्यसतर्फ लाग्नछन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ७ : ५३ बजे

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड