अफगानिस्तानमा तालिबानको आक्रमण | Khabarhub Khabarhub
Logo
११ फाल्गुन २०७६, आईतबार

अफगानिस्तानमा तालिबानको आक्रमण



काबुल– पश्चिमी अफगानिस्तानको फराह शहरमा तालिबान लडाकू समूहले शुक्रवार आक्रमण गरेका छन् ।

फराह प्रान्तको प्रान्तीय राजधानी फराह शहरमा तालिबान लडाकूले आक्रमण गरेर अफगान सेनाको भर्ती केन्द्र कब्जा गरेका छन् ।

ठूलो सङ्ख्यामा हातहतियारसहित आएका तालिबान लडाकुले आक्रमण गरेको अफगान अधिकारीले जनाएका छन् ।
तालिबानले त्यस क्षेत्रमा ठूलो कारवाही गरेको दाबी गरेको छ ।

अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने सम्झौता गरेको लगत्तै तालिबानी आक्रमण भएको हो ।

अफगान गृह मन्त्रालयले भने तालिबानको कारवाहीलाई परास्त गर्न लागि परिरहेको जनाएको छ ।


भर्खर

0