प्रहरीले हटाइदियो रुद्राक्षका दानामा लगाइएको प्लास्टिकको क्लिप | Khabarhub Khabarhub

प्रहरीले हटाइदियो रुद्राक्षका दानामा लगाइएको प्लास्टिकको क्लिप


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– मनग्य फाइदा कमाउनका लागि ठेकेदारहरुले रुद्राक्षको प्राकृतिक आकार परिवर्तन गरी आफूखुसी आकार बनाउनका लागि दानामा लगाएको प्लास्टिकको क्लिप भोजपुर प्रहरीले हटाइदिएको छ ।

ठेकेदारहरुले किसानबाट बारी नै ठेक्कामा लिएर रुद्राक्षको फल्दै गरेको दानाको बाहिर प्लास्टिकको क्लिप लगाएका थिए । यस्तो क्लिप लगाउँदा रुद्राक्षको दाना गोलो हुने र त्यसबाट मनग्य फाइदा कमाउन सकिने ठेकेदारहरुको भनाइ छ ।

सरकारले भने यसरी रुद्राक्षको आकार परिवर्तन गर्दा अन्तर्राष्ट्रिय बजारमा नेपाली रुद्राक्षको छवि बिग्रिने र गुणस्तरमा समेत प्रश्न उठ्ने भन्दै यस्तो कार्य नगर्न निर्देशन जारी गरेको छ ।

गृह मन्त्रालयको निर्देशनानुसार जिल्ला प्रहरी कार्यालय भोजपुरले जिल्लाका विभिन्न ठाउँमा रुद्राक्षको दानामा लगाइएको प्लास्टिकको क्लिप हटाउने अभियान शुरु गरेको छ ।

क्लिप राखेर रुद्राक्षको दाना अप्राकृतिक बनाएको भन्दै गृह मन्त्रालयबाट निर्देशन आएपछि क्लिप हटाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नरबहादुर सलामीमगरले जानकारी दिए । जिल्लाको षडानन्द नगरपालिकाको केउरेनीपानी र साल्मा भन्ने ठाउँमा रुदाक्षको बोटमा लगाइएको क्लिप हटाइएको प्रहरीको भनाइ छ ।

प्रहरीले केउरनेपानीका पीताम्बर लम्सालको बगानमा लगाइएको १०६ र साल्माका ज्ञानेन्द्र बस्नेतको बगानमा लगाएको २२५ क्लिप हटाएको हो ।

कृषकबाट नेपाली व्यवसायीले बोटमै ठेक्का लिएर आफूखुशी क्लिप लगाएर आकार परिवर्तन गरेकाले गृह मन्त्रालयको निर्देशनअनुसार क्लिप हटाइएको प्रहरीले जनाएको छ ।

चिनियाँ व्यापारीले प्लाष्टिक क्लिपको सहायतामा रुद्राक्षको दानालाई गोलो, अण्डा र थेप्चो आकारमा आवश्यकताअनुुसार बनाउने गरे पनि अप्राकृतिक रुद्राक्षले अन्तर्राष्ट्रिय बजारमा पार्ने असरका बारेमा भने कृषक अनभिज्ञ रहेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ११ : २२ बजे

सेती लोकमार्ग निर्माणमा ढिलाइ, अझै खुलेन ट्रयाक

गोदावरी– कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती

म्याग्दीमा उन्मूलन भयो औलो

म्याग्दी– म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा दुई

क्यानाडाको आश देखाएर यौन शोषण, बिहेको बहानामा दुबई लगेर बेचियो

काठमाडौं – क्यानाडा पठाइदिने प्रलोभन देखाएर युवतीलाई दुबईमा बेचेको अभियोगमा

नेता किमले गरे मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण

सोल– उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको

सालझण्डी-ढोरपाटन सडक स्तरोन्नतिमा ढिलासुस्ती

ढोरपाटन– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष