जनताको आशालाई निराशामा परिवर्तन हुन दिँदैनौँ : परराष्ट्रमन्त्री ज्ञवाली | Khabarhub Khabarhub

जनताको आशालाई निराशामा परिवर्तन हुन दिँदैनौँ : परराष्ट्रमन्त्री ज्ञवाली


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जनताको आशालाई निराशामा परिवर्तन हुन नदिने अठोट व्यक्त गरेका छन् ।

गुल्मी रुपन्देही सम्पर्क मञ्च, क्षेत्र नं १ ले शनिवार बुटवलमा आयोजना गरेको विशेष भेटघाट कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले जनताको जीवनस्तर सुधारका लागि सरकारले महत्वपूर्ण कार्यक्रम अगाडि सारेकाले अनावश्यक हल्लाका पछाडि नलागी कार्यक्रम सफल बनाउनेतर्फ साथ दिन आग्रह गरे ।

उनले जिल्लाका जनताले अपनत्व महसुस गर्ने हिसाबले सरकारले रोजगार र सामाजिक सुरक्षा कार्यक्रम अगाडि बढाएकाले जीवनस्तरमा परिवर्तनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । मन्त्री ज्ञवालीले सरकारले सबै प्रदेशका जिल्लामा भौतिक पूर्वाधार, कृषि, पर्यटन, शिक्षालगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

मन्त्री ज्ञवालीले धेरै वर्षसम्म अरु मुलुकले विप्रेषणमा धानिने मुलुकका रुपमा मात्रै नेपाल चित्रित भए पनि १६ महीनाको अवधिमा नेपाल आफ्नो नाम र कामले चिनिन थालेको चर्चा गरे । उनले भने, “हामी सरकारमा आउँदा नाकाबन्दीका कारण एउटा छिमेकी मुलुकसँग राम्रो सम्बन्ध थिएन । अर्को मुलुक चीनसँग औपचारिक सम्बन्ध मात्रै कायम थियो तर अहिले सम्बन्ध सुमधुर बनेको छ ।”

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ८ : ५४ बजे

दक्षिण कोरियाले गर्‍यो नानोस्याटेलाइट प्रक्षेपण

काठमाडौं– दक्षिण कोरियाले पहिलो नानोस्याटेलाइट प्रक्षेपण गरेको छ । सन्

आईपीएलमा आज कोलकोता र पञ्जाब खेल्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४