हावाहुरी बर्दिया हुँदै क्रमशः पूर्वतिर बढ्दै, सचेत रहन आग्रह | Khabarhub Khabarhub

हावाहुरी बर्दिया हुँदै क्रमशः पूर्वतिर बढ्दै, सचेत रहन आग्रह


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय आपतकालीन विपद व्यवस्थान केन्द्रले कैलाली र कञ्चनपुरमा आएको हावाहुरीको प्रवाह बर्दिया र दाङ हुँदै क्रमशः पूर्वतर्फ लाग्ने क्रम रहेको हुँदा त्यस क्षेत्रका सवैलाई सचेत रहन आग्रह गरेको छ ।

यसैबीच, बिहीबार साँझ आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्‍याएको छ । हावाहुरीमा परेर एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।प्रहरीका अनुसार कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको छ ।
घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते तथा क्षतिको एकिन विवरण आउन बाँकी रहको प्रहरीले जनाएको छ ।

हावाहरीका कारण घर टहराको छाना उठेको छ भने रुखहरु ढलेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदीप गिरीले जानकारी दिए । ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध भएको छ । बिजुलीका पोल ढल्दा कतिपय स्थानमा विद्युत सेवा समेत अवरुद्ध बनेको छ । घटनास्थलमा प्रहरीले उद्धार कार्यलाई तीव्रता दिएको छ ।
यसैबीच, डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा चट्याङ लागेर ६ जना घाइते भएका छन्।बिहीबार साँझ वर्षासँगै आएको हावाहुरी र चट्याङमा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक बिद्यानन्द माझीले जानकारी दिए।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ११ : २९ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत