नेपाली मन पराउने बेलायती राजकुमार ह्यारीलाई पुत्र लाभ « Khabarhub

नेपाली मन पराउने बेलायती राजकुमार ह्यारीलाई पुत्र लाभ


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायती राजकुमार ड्युक अफ ससेक्स ह्यारीलाई पुत्र लाभ भएको छ । डचेस अफ ससेक्स मेगनले सोमबार बिहान ५ बजेर २६ मिनेटमा छोरालाई जन्म दिएको बकिङघम दरबारले जनाएको हो ।

यद्यपि उनी कहाँ सुत्केरी भएकी हुन् भन्नेबारे भने केही खुलाइएको छैन । नवजात शिशुको तौल ३.२६ किलो रहेको र आमा तथा शिशु दुबै स्वस्थ रहेको बताइएको छ ।

मेगन गर्भवती भएको ४१ औं सातामा सुत्केरी भएकी हुन् । मेगनले छोरालाई जन्म दिएपछि राजकुमार ह्यारीले परिवारमा नयाँ सदस्यको आगमनपछि आफू हर्षित बनेको प्रतिक्रिया दिएका छन् । छोराको जन्म भएपनि उसको नाम राख्ने विषयमा ह्यारीले सोचिरहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

राजकुमार ह्यारीले छोरालाई जन्मदिएको कुरा बेलायती महारानी एलिजावेथ, पति राजकुमार फिलिप तथा राजपरिवारका अन्य सदस्यलाई जानकारी गराइएको र सम्पूर्ण बेलायती राजपरिवार यो खबर सुनेर हर्षित बनेको बकिंघम दरबारले जनाएको छ । हालै जन्मेका शिशु बेलायती राजगद्दीको उत्तराधिकारीको रोल क्रममा सातौं नम्बरमा आउने छन् ।

तस्वीरः राम गुरुङ/ टिम रुवीकन युके

ह्यारी नेपाल र नेपालीलाई माया गर्ने राजकुमार हुन् । बेलयती सेनामा कार्यरत रहँदा उनले अफगानिस्तानमा गोर्खाली सेनासँग निकै घुलमिल भए । बेलाबेला गोर्खाली सेनाको उनले मुक्तकण्ठले प्रसंशा गर्दै आएका छन् ।

त्यतिमात्र नभइ नेपालमा २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछिको पुननिर्माणमा सहयोग तथा घुमफिरका लागि उनी सन् २०१६ मा नेपाल भ्रमणमा आएका थिए । त्यस ताका उनले गोरखाको एउटा विद्यालयमा श्रमदान समेत गरेका थिए ।

भूकम्पले ध्वस्त गाउँको विद्यालय भवन पुनर्निर्माणमा श्रमदान गरेर शिक्षा क्षेत्रमा सहयोग गरेपछि खुशी भएका उत्तरी गोरखाको लापु गाविस–३ लापुबेँसीका स्थानीयवासीले राजकुमार ह्यारीको सम्मानमा डाँडाको नाम नै ‘ह्यारी हिल’ राखेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ९ : ३४ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको