अब सामसुङको फोनमा ‘हिडन सेल्फी क्यामेरा’ | Khabarhub Khabarhub

अब सामसुङको फोनमा ‘हिडन सेल्फी क्यामेरा’


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंको फोनमा फ्रन्ट क्यामेरा कहाँ छ ? फोन पुरानो शैलीको भए डिस्पले भन्दा माथि होला, केही नयाँ भए माथिबाट केही काटेर बनाइएको नोचमा होला वा अझ नयाँ शैलीको फोन भए डिस्पलेमा होल बनाएर फ्रन्ट क्यामेरा राखिएको होला ।

तर, नोच र होल बनाएर राखिएको फ्रन्ट क्यामेरा प्रयोगकर्ताका लागि झमेला हुने गरेको छ । खासगरी भिडियो हेर्दा र गेम खेल्दा नोच र होल भएको स्थानले दुःख दिने गरेको छ ।

यससँगै अब त्यसको समाधानका लागि प्राविधिक कम्पनीहरुले यो प्रविधिलाई परिष्कृत गर्न अध्ययन र खोजलाई पनि अघि बढाएका छन् । यसैक्रममा दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले अब बाहिरबाट ठम्याउन नसकिने गरी राखिएको प्रन्ट क्यामेरा भएको स्मार्टफोनबारे अध्ययन र खोज शुरु गरेको छ ।

खासमा सामसुङले अब फ्रन्ट क्यामेरालाई फोनको डिस्पलेले छोप्नेगरी प्रविधिको खोजीलाई तीब्रता दिन थालेको हो । योसँगै अब फ्रान्ट क्यामेरा डिस्पले भन्दा तल्लो तहमा हुनेछ । यसअनुसार अब फोनको अगाडीको भागमा डिस्पलेमात्रै देखिने छ, क्यामेरा देखिने छैन ।

सामसुङको डिस्पलेको खोज तथा विकास विभागका उपाध्यक्ष याङ् ब्युङ–डुकलाई उद्धृत गर्दै कोरियाली मिडियाले जनाएअनुसार अब चाँडै नै सामसुङ्को स्मार्टफोनमा यस्तो फिचर आउनेछ ।

हुन पनि सामसुङ्ले फोनको अगाडिको भागमा रहने सेल्फी क्यामेरालाई लुकाउन तथा अन्यत्रै सार्ने विषयमा निकै अनुसन्धान गरिरहेको छ ।

यसअघि सार्वजनिक फोनमा डिस्पलेको माथिल्लो भागलाई काटेर नोच बनाइएको स्थानमा क्यामेरा रहने गरेपनि सामसुङले हालै सार्वजनिक गरेको आफ्नो फ्लागशिप सामसुङ ग्लालेक्सी एस १० फोनमा भने नयाँ शैलीको होल बनाएर त्यहाँ क्यामेरा राखिएको थियो । होलबाहेक फोनको अग्रभागको सबै क्षेत्रमा डिस्पले मात्र रहेको थियो ।

तर, डिस्पले होलले पनि प्रविधि क्षेत्रले चाहेजस्तो ‘पर्फेक्ट फुल स्क्रिन डिस्पले’ को अवधारणालाई पूरा गर्न नसकेपछि सामसुङ सहितका अन्य प्राविधिक कम्पनीहरुले अब क्यामेरालाई डिस्पलेभन्दा तल्लो तहमा राख्ने विषयमा अध्ययनलाई तीब्रता दिँदै आएका छन् । तर, अन्तर्राष्ट्रिय प्राविधिक अनलाइनहरु भने क्यामेरालाई डिस्पलेभन्दा तल्लो तहमा राख्ने यो दौडमा सामसुङ निकै अघि रहेको बताउँछन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ९ : ५९ बजे

दक्षिण कोरियाले गर्‍यो नानोस्याटेलाइट प्रक्षेपण

काठमाडौं– दक्षिण कोरियाले पहिलो नानोस्याटेलाइट प्रक्षेपण गरेको छ । सन्

आईपीएलमा आज कोलकोता र पञ्जाब खेल्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४