सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्षद्वारा पदबाट ‘राजीनामा’ | Khabarhub Khabarhub

सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्षद्वारा पदबाट ‘राजीनामा’


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले पदबाट राजीनामा दिएका छन् ।

अध्यक्ष गुरुङले आयोगका सदस्य श्रीकृष्ण सुवेदीलाई राजीनामा दिएका हुन् । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ आयोगको अध्यक्षले प्रधानमन्त्रीलाई राजीनामा दिने प्रावधान छ । तर, गुरुङले भने आयोगको तेस्रो वरियताका सदस्य सुवेदीलाई राजीनामा बुझाएका छन् ।

२७ माघ २०७१ को मन्त्रिपरिषद बैठकले पूर्वराजदूत गुरुङलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । आयोगको सदस्यमा वरिष्ठ अधिवक्ता लिला उदासी, अधिवक्ता श्रीकृष्ण सुवेदी, समाजशास्त्री डा. माधवी भट्ट र उपप्रध्यापक मञ्चला झा नियुक्त भएका थिए ।

समितिका पदाधिकारीको म्याद आगामी चैतसम्मका लागि थियो ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ७ : ४० बजे

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु