उत्पादनविनाको विकासको आवश्यकता छैनः मुख्यमन्त्री पौडेल | Khabarhub Khabarhub

उत्पादनविनाको विकासको आवश्यकता छैनः मुख्यमन्त्री पौडेल


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा–  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनाताको आवश्यकताका आधारमा विकास हुनुपर्ने बताएका छन् । उनले परम्परागतको अवधारणको अन्त्य नभई वास्तविक विकास हुन नसक्ने बताएका छन् ।

आज सिन्धुपाल्चोकको चौतारा बहुमुखी क्याम्पसको तेह्रौं साधारणसभामा मुख्यमन्त्री पौडेले लगानी गरेको योजनाले कति जनाको रोजगारी सिर्जन गर्न सक्छ भनेर लेखाजोखा गरी सबैलाई समेटे मात्र वास्तविक विकास भएको मानिने हुँदा उत्पादनविनाको विकासको आवश्यकता नभएको बताए । उनले  शिक्षा र स्वास्थमा सुधार भएमात्र समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार बनाउन सघाउ पुग्ने बताए ।

कार्यक्रममा प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले जिल्लाको विकासमा अग्रसर भएको बताए ।। क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णराज श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य सरेश नेपालले पनि आफ्नो धारणा राखेका थिए ।

 

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ८ : ५५ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई