रेशम चौधरीको सांसद पद अब के हुन्छ ? | Khabarhub Khabarhub

रेशम चौधरीको सांसद पद अब के हुन्छ ?


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीकापुर हत्याकाण्डमा दोषी ठहर भएसँगै निलम्बित सांसद रेशम चौधरीको पद खारेज हुने भएको छ ।

जेलमै रहेको अवस्थामा संसदको शपथ लिएका रेशम चौधरीलाई जन्मकैदको फैसला कैलाली जिल्ला अदालते गरेसँगै उनको पद खारेज हुने भएको हो ।

संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले नैतिक पतन देखिने फौजदारी कसुर प्रमाणित भएकाले सांसद पद स्वतः खारेज हुने बताए ।
‘अदालतले दोषी ठहर गरेपछि सांसद रहने कानूनी व्यवस्था छैन’ प्रवक्ता पाण्डले भने,‘संसदको नियमावली अनुसार उनी पदमा रहन मिल्दैन ।’
फरार रहेको अवस्थामा नै चुनाव लडेका चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए ।

७ भदौं २०७२ मा नाबालकसहित आठ जनाको हत्या भएको मुद्दामा चौधरीसहित ५८ जनालाई विपक्षी बनाइएको थियो ।

बुधबार कैलाली जिल्ला अदालतले टीकापुर काण्डमा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ३ : ३२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम