टीकापुर घटनाका ११ अभियुक्त थुनामुक्त | Khabarhub Khabarhub

टीकापुर घटनाका ११ अभियुक्त थुनामुक्त


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टीकापुर घटनासँग सम्बनि्धत मुद्दाका ११ जना अभियुक्त थुनामुक्त भएका छन् ।

टीकापुर घटनामा ५८ जनाविरुद्ध मुद्दा दर्ता भएकोमा जिल्ला अदालत कैलालीले बुधवार ११ जनालाई थुनामुक्त गरेको हो ।

जिल्ला अदालत कैलालीले प्रतिवादीहरुमध्ये लक्ष्मण थारु (चौधरी), लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भनिने जीत बहादुर डगौरा, प्रेम बहादुर चौधरी, किशनलाल चौधरी, दिलबहादुर चौधरी, संगम भनिने सन्तोष थारु चौधरी, विश्राम चौधरी, चुन्की राम चौधरी र रामप्रसाद चौधरी गरी १२ जनालाई ३ वर्ष कैद सजाय सुनाएको थियो । जसमध्ये ११ जना अभियुक्तको पुर्पक्षका लागि थुनामै रहेका बेला कैद भुक्तान भइसकेकाले थुनामुक्त गर्न अदालतले आदेश जारी गरेको हो ।

३ वर्ष कैद सजाय सुनाइएकामध्ये चुन्नीराम चौधरी ३० फागुन २०७५ देखि थुनामा रहेकाले उनले बाँकी रहेको अवधिसम्म थुनामा बस्नुपर्ने अदालतले फैसला सुनाएको छ ।


*यसअघि समाचारमा थुनामुक्त हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १ : ४० बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना